प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५
काठमाडौँ । यही फाल्गुणको १७ गते बाट प्रदर्शनमा आएको चलचित्र “क्याप्टेन”ले प्रर्दशनमा आएको दोस्रो हप्ताको शनिवार एकदम राम्रो व्यापार गरेको छ र चलचित्रले अहिलेसम्म कति व्यापार गर्यो भन्ने कुराको जानकारी पनि आज हामी यस भिडियो जानकारी दिनेछौँ ।
त्यसैगरी चलचित्र क्याप्टेनलाई दर्शकहरूले मनपराइसकेपछि र चलचित्र हिट भएपछि यसका निर्देशक दिवाकर भट्टराईले नायिका दिपिका प्रसाईंसँग औपचारिक रुपमा बिहे गर्ने भएका छन् । निर्देशक भट्टराई र अभिनेत्री प्रसाईँ यही आउँदो नयाँ वर्ष अर्थात बैशाखमा विवाह बन्धनमा बाँधिने भएका छन् ।
इन्गेजमेन्ट र कागजी विवाह गरिसकेका उनीहरु अब हिन्दु परम्परा अनुसार बैशाखमा औपचारिक रुपमा श्रीमान्-श्रीमती बन्न लागको हुन । स्रोतका अनुसार आउँदो बैशाख विवाहको हुने भए पनि मिति भने पक्का नभइसकेको जनाएको छ ।
अभिनेत्री दीपिकाले दिवाकर निर्देशित फिल्म ‘ऐश्वर्य’ बाट नेपाली फिल्म इन्डष्ट्रिमा डेब्यु गरेकी थिइन् । यही फिल्मको सेटबाट उनीहरु नजिक भएका थिए र फिल्मको छायाङ्कन सकिएपछि उनीहरूले गोप्य रुपमा इन्गेजमेन्ट र कानुनी विवाह गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij