प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५
काठमाडौँ। गायिका सरू गौतम र धुर्ब बिस्कोको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।
‘मेरो प्रेम प्रस्ताव’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो। गीतमा सङ्गीत दीपक शर्माको रहेको छ भने शब्द कुमार कटुवालले लेखेका हुन्। गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका छन्। नायिका शिल्पा पोखरेल र मोडल दिक्पाल कार्कीको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij