मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बैशाख २७ गतेदेखि प्रदर्शन हुँदै चलचित्र ‘जात्रै जात्रा’

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५



  • काठमाडौं। सफल चलचित्र ‘जात्रा’को सिक्वेलको रुपमा बनेको ‘जात्रै जात्रा’ चलचित्रले आफ्नो प्रदर्शन मिति तय गरेको छ। चलचित्रका प्रस्तुतकर्ता रविन्द्र सिंह बाँनियाका अनुसार, अब यो चलचित्र वि.सं २०७६ साल वैशाख २७ गतेबाट रिलिज हुनेछ। चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन्।

    ‘जात्रै जात्रा’ले सुरुवातमा फागूण १७ गतेलाई प्रदर्शन मिति तय गरेको थियो। तर, चलचित्रका मुख्य नायक विपिन कार्कीको बाइक दुर्घटनामा परेर खुट्टा भाँचिएपछि चलचित्रको छायांकन प्रभावित भएको थियो। चलचित्रको छायांकन प्रभावित भएका कारण प्रदर्शन मिति पनि प्रभावित भएको थियो।

    योसँगै बैशाख महिनामा आशा गरिएका २ चलचित्र ‘दाल भात तरकारी र जात्रै जात्रा’ रिलिज हुने भएका छन्।

    चलचित्रमा यादव पौडेल र सिंगे लामाको लगानी छ। चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा र रविनद्र सिंह बाँनियाको मुख्य भूमिका छ।

    चलचित्र ‘जात्रै जात्रा’मा नायक दयाहाङ राइलाई पनि विशेष अवतारमा देख्न सकिनेछ । यसैविच, चलचित्रमा समावेश ‘माया पिरिम’ बोलको गीत आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ। यो गीतमा करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिर्पालीको नृत्य हेर्न सकिनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij