मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

डाक्टरले जयकुमारको पेटबाट निकाले ३८ चीज, चाबी, सिक्कासँग सिमकार्ड पनि निस्कियो

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५



  • चेन्नइ। तमिलनाडुको चेन्नइमा डाक्टरले एक व्यक्तिको पेटबाट चाबी, सिक्का, सिमकार्ड, ब्लेड, पेन्सिल, शार्पनर, चुम्बक समेत ३८ चीज निकालेका छन् । सर्जरीमा करिब ४५ मिनेट लागेको बताइएको छ । डाक्टरहरुलाई आश्चर्य भयो कि पेटमा यति धेरै खतरनाक कुराहरु हुँदा पनि ५२ वर्षका जयकुमारलाई समस्या किन भएन ? डाक्टरहरुका अनुसार जयकुमार मानसिक रोगी हुन् ।

    डाक्टरले सर्जरी नगरिएको भए उनको मृत्यु समेत हुन सक्ने बताएका छन् । जयकुमारको उमेर ख्याल गर्दै डाक्टरहरुले उनको २ दिनमा २ पटक ग्यास्ट्रोस्कोपी गरे । पहिलो दिन पेटबाट २२ चीज र दोस्रो दिन १६ चीज निकालियो । डाक्टरका अनुसार पेटबाट निस्किएको सबैभन्दा सानो चीज २ सेन्टिमिटरको थियो । एक चुम्बकको साथमा अन्य कैयौं धातु टाँसिएका थिए ।

    सर्जरी गर्ने एक डाक्टर जयन्ती रंगराजनका अनुसार जयकुमारको पेटमा धातु भएको कुरा उनको एमआरआइ गर्दा थाहा भएको हो । उनको दिमागी रोग स्क्यान गर्नका लागि एमआरआइ गरिएको थियो । एमआरआइको क्रममा मेसिनको आसपास चुम्बकीय तरंग सक्रिय रहछ । यो तरंगमा गडबडी आएपछि डाक्टरहरुलाई केही असामान्य भएको थाहा भएको थियो । चुम्बकीयीय तरंग उत्पन्न हुने मेसिनमा हुँदा जयकुमारको पेटको चुम्बकमा हलचल भएपछि उनको पेट दुख्यो । त्यसपछि सिटी स्क्यान गर्दा उनको पेटमा चुम्बकसहित अन्उ वस्तु भएको थाहा भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij