मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विद्यार्थीद्वारा खाजा खर्च कटाएर शैक्षिक सामाग्री प्रदान

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५



  • दाङ घोराहि २८ फागुन

    दाङको घोराहिमा रहेको मदरसा दारुल हुदा अल्सल्फिया स्कुल जामे मस्जिदका बालबालिकाको शिक्षामा सहयोग पुर्याउने हेतुले घोराहिमा रहेको अल्फा इन्लिश बोर्डिङ स्कुलमा अध्यनरत कक्षा ८ ए का विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर आज एक कार्यक्रमकाबीच शैक्षिक सामाग्री प्रदान गरेको छन् ।

    सरकारले शिक्षालाई निशुल्क गरेको भए पनि सामान्य कापी, कलम, लगायतका सामाग्री आफै खरिद गर्नुपर्ने अवस्था रहेकोमा सो लाई मध्यनजर गर्दै विद्यार्थीको आयोजनामा यहाँका ९१ जना भन्दा बढी बालबालीकालाई शैक्षिक सामाग्री कापि , कलम ,ईरेजर पेन्सिल लगायत शैक्षिक सामाग्री उपलब्ध गराइएको हो ।

    घोराहि आर्थीक रुपमा सम्पन्न रहेपनि यहाँ विपन्न तथा पिछडिएका बर्गको पनि बसोबास रहेको र उनिहरुकै सन्तानको शिक्षामा सहयोग पुर्याउन सामाग्री उपलब्ध गराइएको अल्फा इङ्लिस बोर्डिङ कक्षा ८ ए का कक्षा शिक्षक तिलकराम अधिकारीले बताउनुभयो ।

     

    कार्यक्रममा शिक्षक तिलकराम अधिकारी ले शैक्षिक सामग्रीको अभावमा कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर सामग्री हस्तान्तरण गरेको बताउनु भयो।कार्यक्रममा मदरसा बिद्यालय का प्रधानाध्यापक ममता खत्रि अल्फा बोर्डिङ का शिक्षक गुरुप्रसाद केसि लगायत ले आफ्नो धारणा राख्नु भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij