प्रकाशित मिति : मङ्लबार, चैत्र १९, २०७५
नुवाकोट । ककनी गाउँपालिका वडा नं २ सिसडोलमा राजधानीबाट फोहोर बोकेर ल्याएको गाडीले किच्दा एक बालकको ज्यान गएको छ ।
वा४ख ९६४७ नम्बरको फोहोर बोक्ने आइचर मिनीट्रकले ओखरपौवाका १३ वर्षीय संजोक नेपालीलाई किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाडीले किचेर गम्भीर घाइते बालकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा ज्यान गएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij