मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्राङ्गारिक उत्पादनमा लगानी गर्न कर्णाली प्रदेश सरकारको आग्रह

  • प्रकाशित मिति : बुधबार, चैत्र २०, २०७५



  • सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा कार्यरत बैंकलाई कर्णालीको प्राङ्गारिक उत्पादनमा लगानी गर्न आग्रह गरेका छन्।

    वीरेन्द्रनगरमा मन्त्रालयद्वारा आयोजित कृषि क्षेत्रमा सहुलियतपूर्ण ऋण लगानीसम्बन्धी अन्तरक्रियामा मन्त्री केसीले कर्णालीमा कार्यरत बैंकहरुलाई यहाँको प्राङ्गारिक उत्पादनका क्षेत्रमा ऋण लगानी गर्न आग्रह गरे।

    बैंकहरुले प्राङ्गारिक उत्पादनलाई प्रोत्साहन गर्न व्यावसायिकरुपमा कृषिमा काम गर्ने किसानलाई सहुलियतमा कर्जा दिनुपर्नेमा मन्त्री केसीले जोड दिए।

    ज्योति विकास बैंक सुर्खेतका प्रमुख गङ्गाराम चौलागाईंले वास्तविक किसानसँग पुग्नेगरी लगानी गर्न वित्तीय साक्षरताका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने भनाइ राखे।

    कर्णालीका कृषकले सहजरुपमा राहत पाउन्, बैंकहरुद्वारा प्रवाह गरिने सेवामा सहजता होस् भनेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको मन्त्रालयका सचिव शिवनारायण चौधरीले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij