प्रकाशित मिति : बुधबार, चैत्र २०, २०७५
काठमाडौं । नेपाल बार एशोसिएशनको नेतृत्वमा प्रगतिशिल र लोकतान्त्रिक समुहबीच तिब्र प्रतिस्पर्धा देखिएको छ।
बार एशोसिएशनको नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी प्रगतिशिल समुहका चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समुहका सुनिल पोखरेल बीचको मत परिणाम निकै तिब्र देखिएको हो।
अहिले बुधबार बिहानसम्म इलाम, झापा र विराटनगरको मतगणना सकिँदासम्म लोकतान्त्रिक समूहका पोखरेलले ७८ मतले अग्रता लिएका छन्। मंगलबार रातिसम्म प्रगतिशील समूहका श्रेष्ठले निरन्तर अग्रता लिएका थिए।
पछिल्लो मत परिणाम अनुसार लोकतान्त्रिक समुहका पोखरेलले १ हजार ४ सय ३१ मत पाएका छन् भने श्रेष्ठले १ हजार ३ सय ५३ मत पाएका छन्।
त्यस्तै बार एशोसिएशनको महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै लिलामणि पौडेलले अग्रता लिएका छन्। पौडेल प्रगतिशिल प्यानलका सुरेन्द्र थापाभन्दा १३९ मतले अगाडि छन्। पौडेलले १ हजार ४ सय ३२ मत पाउँदा थापाको १ हजार २ सय ९३ मत रहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij