प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०७५
काठमाडौँ । २ सय ७४ यात्रु बोकेर मंगलबार राति दुबई उड्नुपर्ने नेपाल वायुसेवा निगमको विमान व्यवस्थापकीय लापरबाहीका कारण ११ घण्टापछि बुधबार बिहानमात्रै उड्यो।
जहाज बेलैमा नउडाएको आक्रोशमा १ सय ५० बढी यात्रु ८ घण्टासम्म पार्किङवेमा राखिएको विमानभित्रै बस्न बाध्य भए । जहाज नउड्ने भएपछि यात्रुलाई निकाल्न निगमका कर्मचारीहरुलाई हम्मे हम्मे परेको थियो।
विमानस्थल प्रहरीका अनुसार, यात्रुहरूले निगमविरुद्ध नाराबाजी गरेका थिए। केहिले जहाजमा राखेको मिल ९खाना० आफैं निकालेर खाए। ‘केहीले बियरका बोतल खोलेर बसेको पनि देखियो’ विमानस्थलका एक वरिष्ठ प्रहरीले भने।
मंगलबार राति साढे ८ बजेदेखि बोर्डिङ गराइएका यात्रुलाई बुधबार बिहान ५ बजे विमानस्थलमा रहेको प्रहरीको सहायतामा ‘अफ-बोर्ड’ गराइएको थियो।
११ घण्टापछि बिहान पौने नौ बजे मात्रै उक्त विमान दुबईका लागि काठमाडौंबाट उडेको थियो। उक्त घटना देखेका अर्का एक प्रहरीले ‘ती यात्रुलाई बल प्रयोग नगरी सम्झाईबुझाई गरे’ निकालेको बताए। उक्त उडानमा अधिकांश नेपाली कामदार थिए।
कान्तिपुर दैनिक
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij