प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०७५
काठमाडौं। बारा र पर्साका हावाहुरी पीडितहरुका लागि नयाँ शक्ति पार्टी, नेपालले प्रदेश नं. दुई मार्फत पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
बिहीबार पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन्।
अध्यक्ष भट्टराईले पीडितका लागि पाँच लाख रुपैया दिएको आफ्नो ट्वीटरमा तस्विरसहित उल्लेख गरेका छन्।
उनले आफ्नो ट्वीटरमा लेख्दै हावाहुरीबाट पीडितहरुलाई औपाचारिक संयन्त्र मार्फत व्यवस्थित सहयोग गर्न समेत आग्रह गरेका छन्।
यही चैत १७ गते बेलुका बारा र पर्सामा आएको विनाशकारी आँधीबेहरीका कारण ठूलो जनधनको क्षति भएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij