मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रोल्पामा नेपाल राष्ट्रिय मा. वि.को ४ कोठे नव निर्मित भवन उट्घाटन

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०७५



  • लक्षीराम थापा, रोल्पा । रुन्टीगढी ६ डुब्रीङ स्थित नेपाल राष्ट्रिय मा. वि.को ४ कोठे नव निर्मित भवनको आज एक समारोहका बिच प्रदेश सभा सदस्य दिपेन्द्र पुनले उट्घाटन गरेका छन ।
    उक्त कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिलक पुन (पृतिपाल), मुख्री अतिथी साम्सद दिपेन्द्र पुन, विशिष्ट अतिथी गाउँपालिका अध्यक्ष बालाराम बुढा, अतिथिहरुमा नेकपा प्रदेश सदस्य गोविन्द पुन, नेपाली काङ्ग्रेस रुन्टीगढीका संयोजक जनक पुन , स्रोत ब्यक्ति कुलराज आचार्य र दामोदर न्यौपाने , रेड्क्रस होलेरीका पूर्व सभापति देवेन्द्र बोहरा लगायत अन्यको उपस्थिति थियो । तत्कालीन जिल्ला शिक्षा कार्यलय रोल्पाको आर्थिक सहयोग ३२00000/-तथा स्थानीय श्रम करिब ८00000/- गरि जम्मा ४000000/- मा निर्माण गरिएको छ ।
    अभिभावक तथा विधार्थीको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा यस वर्षको परीक्षाफल समेत प्रकाशित गरिएको छ । कार्यक्रमको सहजीकरण शिक्षक भरत के सी ले र स्वागत भाषण प्र.अ. केशरबहादुर घर्तीले गरेका थिए। विद्यालय सन्चालन तथा भवन निर्माणको रिणको बक्यौता भुक्तान गर्न अतिथी तथा अभिभावकबाट नगद सहयोगको अपेक्षा आयोजकले गरेको गोमा खड्काले बताएकी छिन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij