मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्रेम सम्बन्धले करियर चौपट : मायाँ-पिरतीले यो जोडीलाई बेरोजगार बनायो !

  • प्रकाशित मिति : शनिबार, चैत्र २३, २०७५



  • अभिनय भनेको क्षमता हो भने पनि नायिकाको हकमा विवाहपछि अफर सुस्त हुन्छ । नायिका दीपिका प्रसाईलाई नै हेरौं न, फिल्म निर्देशकसँग विहे गरेपछि उनी अहिले फुर्सद नै छिन् । कुनै ब्यानरको अफर छैन ।सायद यस्तै केही सोचेर, विहे फिक्स भएपनि बिहे नगरेकी प्रियंका कार्कीलाई नै हेरौं न ।आयुष्मान देशराजसँगको प्रेमसम्बन्ध उनलाई फाप्नुसम्म फापेको छ । विज्ञापनदेखि म्युजिक भिडियोसम्म यो जोडीको बोलवाला छ ।

    प्रियंकालाई झैं सबैलाई प्रेमसम्बन्ध सबैलाई कहाँ फाप्छ र ? प्रेम सम्बन्धले बजार तताउँदा पनि अफर सुस्त हुने रहेछ । सौगात मल्ल र श्रृष्टि श्रेष्ठलाई नै हेरौं न !यी दुवै प्रेममा छन्, भन्ने कुरा ओपन सेक्रेट भइहाल्यो । तर, दुवै विहे भने गरेका छैनन् । अभिनय क्षमतामा श्रृष्टिलाई छ्या भनिहाल्नुपर्ने अवस्था छैन । अहिले बजारमा चलेका नायिका तुलनामा राम्रै अभिनय गर्छिन् । सौगात त अभिनयमा ब्राण्ड नै बनाएका अभिनेता भइगए ।

    तर, के गर्नु ? अहिले यी दुवै बेरोजगार छन् । कुनै ब्यानरले नपत्याउँदा यी दुवैले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेर दिन कटाइरहेका छन् । यस्तै हो, कसैलाई फालाफाल, कोही कंगाल ! धैर्य गरौं, कसैले सौगात र श्रृष्टिलाई कसो नजर नलगाउला त ?-शुक्रबार साप्ताहिकबाट ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij