मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेपालका गाउँमा निर्मित खाँडीका कपडा लोप हुँदै

  • प्रकाशित मिति : शनिबार, चैत्र २३, २०७५



  • धनकुटा । स्थानीय कच्चा पदार्थ र परम्परागत प्रविधिबाट निर्मित खाँडीका कपडा पछिल्लो समय प्रयोगमा निकै कम आउन थालेका छन् ।

    निर्माण गर्न पनि निकै मिहिनेत लाग्ने र तुलनात्मक रुपमा महंगो पर्ने भएकाले यस्ता कपडाको व्यवसाय संकटमा पर्दै गएको हो ।

    करिब चार दशकअघि सम्म धनकुटाको खाल्सा क्षेत्रमा प्रत्येक घरमा खाँडीको कपडा बुन्ने तान भेटिन्थ्यो ।

    आर्थिक अभाव र बजारको पहुँच नहुँदा यस्ता कपडाहरु धेरैले प्रयोग गर्दथे कपास उत्पादन गरी त्यसको धागोबाट सर्ट, कोट, पाइन्ट, धोति, पटुकालगायतका कपडाहरु निर्माण गरिन्थ्यो ।

    तत्कालीन समयमा बजारको पहुँच नहुने र आर्थिक अभावको स्थिति रहेकाले सबै कपडाको विकल्पमा खाडीका कपडा प्रयोग गर्ने गरेको सहिदभूमि गाउँपालिकाकी स्थानीय डिकमाया राईको भनाइ छ ।

    पछिल्लो समय गाउँगाउँमा समेत बजारको विकास भई ग्रामीण क्षेत्रमा पनि खाँडी कपडाको स्थान आयातीत कपडाले ओगटेको छ ।

    आयातीत कपडा निकै सस्तो पर्ने भएकाले प्राकृतिक रुपमा निर्मित खाँडीका कपडाहरु लोप हुन थालेका छन् ।

    यद्यपि सौखिन कतिपय व्यक्तिहरुले भने यसको प्रयोग अहिले पनि गर्न रुचाउँछन् ।

    सहिदभूमि गाउँपालिकाले यस्ता कपडाको उत्पादनलाई निरन्तरता दिनको लागि नयाँ पुस्तालाई तालिम पनि दियो र त्यसैअनुसार नयाँ कपडाहरु उत्पादन पनि भइरहेका छन् ।

    तर आयातीत कपडाहरुको लागत निकै सस्तो पर्ने भएकाले यहाँ उत्पादित कपडा बिक्री हुन नसकेको छिन्ताङ्ग महिला समाजकी अध्यक्ष प्रभा पराजुली राई बताउँछिन ।

    उसो त यो कपडा उत्पादन गर्न निकै मेहनत गर्नुपर्ने हुन्छ । खाल्सा क्षेत्रमा मात्र अहिले पनि १०० भन्दा बढीले खाडी कपडा उत्पादन गदै आएका छन् ।

    तर बजारमा खाँडीजस्तै देखिने अन्य कपडा सस्तैमा पाउने भएकाले पनि बजारको समस्या हुन थालेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij