मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बागलुङमा लोकमार्ग विस्तार तिब्र, बजारका घरटहरा हटाइँदै

  • प्रकाशित मिति : आइतवार, चैत्र २४, २०७५



  • बलेवा । मध्यपहाडी लोकमार्गलाई विस्तार गर्ने क्रममा बागलुङ बजारमा पर्ने घर टहरा हटाउने काम शुरु गरिएको छ। लोकमार्गले तोकिएको मापदण्डविपरित बनेका घर टहरालाई हटाउने काम शुरु गरेको हो।

    बागलुङ–पोखरा खण्ड अन्तर्गत बागलुङ नगरपालिका–१ र २ का घर टहरा भत्काएर सडक चौडा पार्न दुवै वडाकार्यालयले सात दिने सूचना समेत जारी गरेका छन्।

    हाल बाङगेचउरदेखि सोझै उपल्लाचौर पुग्ने गरी लोकमार्गको रेखाङ्कन भए पनि बजार प्रवेशको बाटो समेत चौडा बनाउन पर्ने भएकोले काम थालिएको वडा नं–२ का अध्यक्ष जीवन आचार्यले बताए।

    चौडा पारिएको सडक कम्तीमा १० मिटरमा कालोपत्रे गर्ने योजना छ । हाल सो खण्डमा ८ मिटर मात्र कालोपत्रे छ । हाल सो खण्डमा दर्जनबढी घरटहराले बाटो फराकिलो बनाउन अप्ठ्यारो परेको छ।

    वडा नं–१ अध्यक्ष दुर्गे सार्की र आचार्यले सूचना जारी गरेर सात दिनभित्र घर टहरा सार्न आग्रह गर्नुभएको हो।

    झण्डै तीन किमी खण्डमा सडक साँघुरो भएकाले सवारी आवागमनमा बढी समस्या पर्ने गरेको छ। आचार्यका अनुसार वडा नं २ का ७ वटा पक्की घर भत्काउनुपर्ने भएको छ।

    वडा नं–१ मा भने पक्की घर नपर्ने, बरु टहरा भत्काएर पछाडि सार्नुपर्ने भएको हो। “विशेषगरी ट्राफिक चोकदेखि रुद्रेपिपल जाने घुम्तीका मापदण्डमा परेका घर भत्काइने छन्”, आचार्यले भन्नुभयो, “यी घर यसअघिनै भत्काएको भए पनि बनाउन नपाउने स्थानमै थिए, अहिले सडक चौडाको योजनामा उनीहरुलाई सूचना पठाइएको छ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij