मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हावाहुरीले कैलाली विभिन्न ठाउँमा क्षति

  • प्रकाशित मिति : सोमवार, चैत्र २५, २०७५



  • धनगढी, २५ चैत ।कैलालीमा हावाहुरी र असिनापानीका कारण केही घर र कृषिमा क्षति पुगेको छ । हावाहुरीले बर्दगोरिया गाउँपालिका र गौरीगङ्गा नगरपालिकामा केही व्यक्तिको घरको छानो उडाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ४ स्थित बसन्तपुरमा पाँच जना स्थानीयको घरको छाना उडाएर हावाहुरीले क्षति गरेको छ । स्थानीय गगन कामीको चार कोठे कच्ची घरको छाना उडाउँदा एक लाख रुपियाँ बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । यसैगरी, सोही ठाउँका कृष्ण कामीको गाईगोठ, खदुवा कामीको घरको टिनको छाना, रैना चौधरीको जस्तापाताको छाना र देव बिकको घरको छानो उडाएको छ ।

    यी व्यक्तिहरुको घरको छाना उडाउँदा क्रमशः तीन हजार पाँच सय, ६२ हजार, चार हजार पाँच सय रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।यसैगरी, हावाहुरीले गौरीगङ्गा नगरपालिकाको वडा नम्बर ७ मा स्थानीय धनबहादुर बिकको एक तले घरको टिनको छानो उडाएको छ । यस्तै, हावाहुरी जानकी गाउँपालिकाको केही स्थानीय घरमा पनि क्षति पु¥याएको जनाएको छ । यसैगरी, टीकापुर नगरपालिकाको वडा नम्बर ६ र ७ मा पनि हावाहुरीले दर्जन बढी घरको छाना उडाएको छ । हावाहुरीले घर पनि भत्किएका नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाका सभापति तुप केसीले जानकारी दिए ।शनिबार राति साढे आठ बजेतिर कैलालीमा हावाहुरी चलेको थियो ।

    सोही दिन साँझ परेको असिना पानीले गहुँबाली र तरकारी खेतीमा पनि क्षति पु¥याएको छ ।जिल्लाको लम्कीचुहा नगरपालिकाको केही भू–भाग र कैलारी गाउँपालिका लगायतको क्षेत्रमा असिना पानी परेको थियो । असिनाले तरकारी र पाकेको गहुँबालीमा सामान्य क्षति गरेको विवरण आइरहेको कैलारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।हिजो साँझ परेको असिना पानीले यत्रतत्र क्षति भएको विवरण आइरहेको छ’, उनले भने–‘हामी अझै विवरण सङ्कलनकै क्रममा रहेका छौं । तर, ठूलो क्षति हुनबाट जोगिएको छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij