प्रकाशित मिति : बुधबार, चैत्र २७, २०७५
मानिसहरुले शारिरिक सम्बन्ध राख्नु प्राकृतिक प्रक्रिया हो । यदि यो संसारमा यो प्रक्रिया नभएको भए मानव जगतको सृष्टि नै अन्त्य हुन्थ्यो । त्यसैले शारिरिक सम्बन्ध राख्नु कुनै पनि पाप वा अपराध होइन् । तर यौन सम्बन्ध राख्ने भन्दैमा जुनसुकै उमेर समुहमा गर्नु पनि हुदैन् । यदि नबुझी सानै उमेरमा शारिरिक सम्बन्ध राखेमा धेरै नकरात्मक असरहरु पर्न सक्छ । त्यसैले जानी राखौ युवा युवतीले यौन सम्पर्क राख्ने सहि उमेर कति हो ?
ब्रिटेनमा गरिएको एक अनुसन्धानका अनुसार युवा–युवतीलाई निकै कम उमेरमा यौन सम्बन्ध स्थापित गरेर आफ्नो कुमारित्व गुमाएकोमा निकै अफसोस हुने गरेको पत्ता लगेको छ । त्यस्तै किशोरावस्थामा भएका एक तिहाई बढी महिला र एक चौथाईभन्दा बढी पुरुषले पहिलो पटक यौनसम्बन्ध राख्दा, आफ्नो उमेर सही नभएको स्विकार गरेका छन् । किनभने ब्रिटेनमा यौन सम्बन्धका लागि कानूनी रुपमा १६ वर्ष वा सोभन्दा माथि हुनुपर्छ ।
नेशनल सर्भे अफ सेक्सुअल एटिट्युड एण्ड लाइफस्टाइल पोलले हालै देशव्यापी रुपमा गरेको सर्वेक्षण अनुसार थुप्रै मानिसहरु यो उमेरमा सम्बन्ध स्थापित गर्नका लागि तयार नहुन पनि सक्छन् । ब्रिटेनमा यौन व्यवहारको एक विस्तृत जानकारी लिन हरेक १० वर्षमा यस्तो सर्वेक्षण हुने गर्दछ ।
भर्खरै तीन हजार युवायुवतीमाथि सर्वेक्षण गरिएको थियो जुन सन् २०१०–२०१२ मा पुरा भएको थियो ।
सोही सर्वेक्षण अनुसार
युवा–युवतीको प्रतिक्रियाबाट पत्ता लागेअनुसार ४० प्रतिशत युवती र २६ प्रतिशत युवकलाई यौनसम्बन्धको उनीहरुको पहिलो अनुभव सही समयमा नभएको बताएका छन् ।
उनीहरु धेरै जसोलाई अझै केही समय प्रतिक्षा गर्नुपर्ने थियो भन्ने लाग्ने गरेको बताए । केहीले मात्रै कम उमेरमा नै यौन सम्बन्ध स्थापित गर्नुपर्नेमा सहमती जनाए । जहाँ धैरेजसोले १८ वर्षको हुँदा यौनसम्बन्ध स्थापित भएको बताए । आधा जतिले आफू १७ वर्षको हुँदा सम्बन्ध बनाएको बताए भने एक तिहाईले १६ वर्षअघि नै यौनसम्बन्ध बनाएको बताए ।
त्यसैले यदि तपाई आफु पनि सही उमेरमा यौन सम्बन्ध राख्ने तयारीमा हुनुहुन्छ भने सुरुवातमा आफुलाई बुझनुस । त्यसपछि आफ्नो सही उमेर बुझनुस् अनि मात्र सुरक्षित यौन सम्पर्क राख्नुस् । Source medianp.com
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij