मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गण्डकी प्रदेशमा नमूना कृषिगाउँ कार्यक्रम

  • प्रकाशित मिति : बुधबार, चैत्र २७, २०७५



  • गोरखा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ३६ गाउँपालिकामा मुख्यमन्त्री वातावरणमैत्री नमूना कषिगाउँ कार्यक्रम लागू गर्ने भएको छ । प्रदेश सरकारको योजनामा गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कार्यक्रम कार्यान्वयनका लागि तयारी अन्तिमचरणमा पुर्याएको कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले जानकारी दिए ।

    मन्त्रालयले पहिलो चरणमा ३६ प्रादेशिक निर्वाचन क्षेत्र अन्तर्गत एक÷एक गाउँपालिकामा कार्यक्रम लागू गर्नेगरी क्षेत्र छनोट गरेको मन्त्री थापामगरले बताए । उनले भने, “अहिले प्रत्येक प्रार्देशिक निर्वाचन क्षेत्रको एउटा गाउँपालिकामा कार्यक्रम लागू हुन्छ र आगामी पाँच वर्षभित्रमा प्रदेशभित्र एक पालिका एक कार्यक्रम लागू गर्ने गरी योजना मन्त्रालयले बनाएको छ ।”

    कार्यक्रमअन्तर्गत छनोटमा परेका गाउँपालिकाभित्र जुन ठाउँमा जस्तो प्रकारको हावापानी र माटो छ, त्यस्तै प्रकारको वातावरणमैत्री खेती प्रणालीको विकास गर्दै जाने योजना मन्त्रालयले बनाएको उनले बताए । कार्यक्रमले गाउँपालिका वातावरणमैत्री पनि बन्ने र किसानसमेत व्यावसायिक खेतीतर्फ आर्कषित हुने विश्वास मन्त्रालयले लिएको मन्त्री थापामगरको भनाइ छ ।

    त्यस्तै छनोटमा परेका गाउँमा बजारको मागअनुसार खेती प्रणालीको विकास गर्दै उत्पादित बस्तुको बजार व्यवस्थापन गर्न एक गाउँ एक कृषि सहकारीको अवधारणासमेत कार्यक्रममा समेटिएको उनले बताए । “नमूना कृषि गाउँमा मत्स्यपालन, पशुपालन, कुखुरापालन र अन्य कषि खेतीमा वैज्ञानिक प्रविधि लागू होस् भन्ने मन्त्रालयको चाहाना हो”, मन्त्री थापामगरले भने, “छनोट भएका गाउँमा कम्तीमा ५० घरपरिवार हुनुुपर्ने व्यवस्था पनि गरिएको छ ।”

    उनले प्रदेशमा पहिलो पटक तनहुँ जिल्लाबाट यही चैतदेखि कार्यक्रम शुरु गरिने जानकारी दिनुभयो । छनोट भएको क्षेत्रमा कृषकलाई खेती प्रणालीलगायतका बारेमा तालीम प्रदान गर्न एकजना कृषि जेटिएको समेत रहने व्यवस्था मन्त्रालयले गरेको मन्त्री थापाले बताए ।

    कार्यक्रमअन्तर्गत नमूना कृषि गाउँमा माटो र हावापानी अनुसारको फलफूल खेतीको विकास पनि गर्ने लक्ष्य मन्त्रालयको रहेको उनले बताए । “यस्ता खालका कार्यक्रमले गाउँ स्वच्छ सफा, सुन्दर र हराभरा हुने र वातावरणमैत्री पनि बन्छ”, मन्त्री थापाले भने, “सँगसँगै प्रत्येक परिवारले आम्दानी पनि गर्नसक्ने हुँदा यसले ग्रामीण क्षेत्रमा आयआर्जनमा वृद्धि गर्नसमेत मद्दत पुग्छ ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij