आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पोलार्डको तुफानमा उड्यो पञ्जाव, अन्तिम बलमा जित्यो मुम्बई

  • प्रकाशित मिति : बिहिबार, चैत्र २८, २०७५



  • काठमाडौं (एजेन्सी) । भारतमा जारी इण्डियन प्रीमियर लीग (आईपीएल)को बुधबार भएको खेलमा मुम्बई इण्यिन्सले किंग्स एलेभेन पञ्जावलाई तीन विकेटले पराजित गरेको छ ।

    मुम्बई इण्डियन्सका कार्यबाहक कप्तान किरोन पोलार्डले तुफानी ब्याटिं गरेपछि १९७ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा २ जोड्दै ७ विकेट गुमाएर पुरा गर्यो । अन्तिम ओभरको दोस्रो बलमा आउट हुनुअघि पोलार्डले ३१ बलमा ८३ रन बनाए । उनले सो क्रममा १० गगनचुम्बी छक्का प्रहार गरे भने ४ चौका प्रहार गरे ।

    अन्तिम ओभरको अन्तिम बलमा निर्णय भएको खेल पोलार्ड आउट भएसँगै रोमाञ्चक मोडमा आएको थियो । अन्तिम ओभरमा १५ रनको आवश्यकता भएको बेला अंकित राजपुतको नो बेलमा पोलार्डले छक्का प्रहार गरे भने फ्री हिट बलमा चौका ।

    यसरी एक बलमा ११ र जाडेपछि मुम्बईलाई ५ बलमा ४ रन आवश्यक थियो । तर, छक्का प्रहार गर्ने प्रयासमा पोलार्ड सीमा रेखा नजिकै समातिएपछि खेलले नयाँ मोड लियो । ४ बलमा ४ रन आवश्यक भएको अबस्थामा अल्जारी जोसेफले डट बल खेले । अब ३ बलमा ४ रन आवश्यक थियो । तर, चौथो बलमा जोसेफले एक रन लिए ।

    पाँचौ बलमा राहुल चहरले एक रन लिए । अन्तिम बलमा २ रन आवश्यक हुँदा जोसेफले २ रन प्रहार गरेपछि मुम्बईले जित हात पार्यो ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले केएल राहुलको शतकको सहयोगमा १९७ रनको चुनौतिपूर्ण स्कोर बनाएको थियो । पञ्जावका लागि क्रिस गेलले पनि ६३ रनको योगदान दिएका थिए ।

    जितसँगै मुम्बई ६ खेलमा ४ जितका साथ तेस्रो स्थानमा उक्लेको छ । समान अंक भए पनि पञ्जाव नेट रन रेटका कारण चौथो नम्बरमा रहेको छ ।
    मुम्बईका नियमित कप्तान रोहित शर्मा घाइते भएकाले पोलार्डले यो खेलमा कप्तानी गरेका थिए । उनले कप्तानी सम्हालेको पहिलो खेलमै आफ्नै दममा टिमलाई जित दिलाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij