मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यात्रा अनुभव: चिनियाँ नागरिकसँग अनुहार मिल्दा भोग्नुपरेको समस्या

  • प्रकाशित मिति : बिहिबार, चैत्र २८, २०७५



  • म आफ्नो कोरिया बसाइ अवधि सकेर पूर्वी चाइना एयरलाइन्सबाट नेपाल आउने निधो गरेँ । टिकट पनि अन्य एयरलाइन्सको भन्दा सस्तो भएकोले मार्च १५ तारिकको टिकट लिएँ ।

    अब मेरो यात्रा सुरु हुन्छ इन्छन अन्तर्राष्ट्रिय विमान स्थलबाट सुरुमा थेछिगुम (पेन्सन) लिन कागज पत्र बनाएँ । इमिग्रेशन पास भएपछि डिउटी फ्री मा गएर हेर्दा बैंक बन्द भैसकेको थियो । समस्या यहीँबाट सुरु भयो ।

    कोरियादेखि नेपालसम्म पूर्वी चिनियाँ एयरलाइन्समार्फत यात्रा गर्दा भोगेको समस्या र अनुभव  चिनियाँसँग अनुहार मिल्नु पनि मेरो लागि अभिशाप नै बन्यो । जब प्लेन उड्यो ।  केही समय पश्चात् एयर होस्टेस आइन् । उनले भनिन्, ‘चंग चुङ्ग नि हऊ रु’ सायद उसले  खान के लिनुहुन्छ रु मैले आफूलाई मन पर्ने परिकारबारे कुरा गर्छु भनेको फेरि उनले भनिन् ‘छ्यांग थुंग चिङ्ग तोंग’ । यति भनिसकेपछि उनी गइन् ।

    एकैछिनमा अर्की एयर होस्टेस आइन् सोधिन् ‘चिङ्ग चोङ्ग छुन रु’ उनले केही पिउनुहुन्छ भनेर सोधेजस्तै लाग्यो । मैले कुरा बुझेँ र भनेँ ‘एप्पल जुस’ । उनले उक्त जुस दिइन् । मैले चिनियाँ भाषामा भनेँ ‘से से’ अर्थात् धन्यवाद ।

    त्यसपछि केही समय निदाएँ । केहीबेरमा पाइलटले एयरपोर्ट आइपुगेको जानकारी गराए । सबैजना निन्द्राबाट बिउँझिए । बिहान तीन बजेको थियो । एयरपोर्ट ल्याण्ड गरेपछि फेरि एयर होस्टेस मसँग बोलिन् । उनले चिनियाँ भाषामा कुरा गरिन् । तर मैले केही पनि बुझ्न सकिनँ । यसपटक मलाई उनीसँग कुरा गर्ने मौका मिल्यो । मैले भनेँ ‘आई एम नट चाइनिज ।’

    त्यसपछि उनीसँग मेरो अङ्ग्रेजीमा कुरा भयो र सहज तरिकाले  अध्यागमन पार गर्दै होटल जाने तयारीमा लागेँ । यहाँ आफ्नो सबै लगेज बाहिर निकाल्नु पर्ने रहेछ । नेपाल उडानको लागि १३ घण्टा लामो प्रतिक्षा गर्नुपर्ने थियो । त्यसपछि म  होटेल गएँ । होटेलमा पनि फेरी उही समस्या एक जना चाईनिजले आफ्नो भाषामा १० मिनेट गफ दियो । सायद उसले आफ्नो होटेलको सुविधाबारेमा जनाकारी गराएको हुनुपर्छ  । त्यसपछि मैले आफू चिनीयाँ नागरिक होइन भनेर पासपोर्ट देखाएपछि उ फर्केर गयो ।

    उ गएर होटेलमा काम गर्ने  एक जना नेपाली दाजुलाई पठाए पछि बल्ल ढुक्क भएँ ।  नेपाली स्टाफले होटेलको कोठा देखाए । म राती सुते । भोलीपल्ट बिहानै उठे अनि खाना खाएर नेपालको यात्रा तय गरे ।

    समग्रमा भन्नु पर्दा मेरो लागि चाईना एयरको त्यो यात्रा त्यति सहज रहेन । चिनियाँ नागरिकसँग अनुहार मिल्दा समस्या पनि झेल्नु पर्यो । सस्तो देखेर टिकट लिँदा दुख पाएँ ।   हुन् त उहिलेको बुढो पाकाहरुले भन्ने गर्थे ‘बाबु हो धेरै सस्तो चिज खान हुन्न पखाला लाग्छ’ मलाई यो भनाईसँग मेल खाए जस्तो लाग्यो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij