मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भासु भीरमा मानव कंकाल : सँगै भेटियो मेमोरी कार्डमा फोटोहरू

  • प्रकाशित मिति : सोमवार, बैशाख २, २०७६



  • कैलालीको भासु भीरमा मानव कंकाल फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भासु भीरमा बिहीबार शव फेला परेको हो। स्थानीय बासिन्दाले भासु भीरमा शव रहेको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो।सडक भन्दा ५ सय मिटर तल भीरमा रहेको उक्त मानव कंकाल शुक्रबार सशस्त्र प्रहरीको सहायताले निकालिएको हो।

    भीमदत्त पन्त राजमार्ग अन्तर्गत पर्ने भासुस्थित हाइवे सडकबाट झण्डै ५ सय मिटर तल भीरमा मानव कंकाल भेटिएको कैलालीका प्रहरी नावय उपरीक्षक दक्षकुरमार बस्नेतले बताए।उक्त मानव कंकाल महिनौँ पुरानो भएकाले पहिचान गर्न गाह्रो भएको छ’, बस्नेतले भने, ‘कंकाल सँगै भेटिएको पाइन्टमा मोबाइल भित्र रहेको मेमोरीमा फोटा भेटिएकाले पहिचान हुने अपेक्षा छ।‘ प्रहरीले कंकाल कस्को हो पत्ता लगाउन भनेर मेमोरी कार्डमा रहेका फोटो पनि सार्वजनिक गरेको छ।

    बेपत्ताको उजुरीका आधारमा शव पहिचानमा जुटेको कैलालीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए। कंकाल परीक्षणका लागि धनगढी स्थित सेती अञ्चल अस्पतालमा राखिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij