यात्रुलाई असुविधा पर्ने भएकाले संचारमन्त्रीलाई पर्खन सकिएनः बुद्ध एयर

काठमाडौं– सञ्चारमन्त्री गोकुल बाँस्कोटा र बुद्ध एयरबीच आरोप/प्रत्यारोप भएको छ।भैरहवाबाट काठमाडौं आउन सोमबार विमानस्थलनजिकै रहेका सञ्चारमन्त्री बाँस्कोटालाई बुद्ध एयरले नल्याएपछि मन्त्री र एयरबीच आरोप/प्रत्यारोप भएको हो।मन्त्री बाँस्कोटाले आफूलाई बुद्ध एयरले काठमाडौं नल्याएको भन्दै प्रेस चौतारी र प्रेस सेन्टर रुपन्देहीले मंगलबार मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आरोप लगाएपछि बुद्धले उक्त आरोपको खण्डन गरेको छ।प्यूठानको गौमुखी गाउँपालि कामा मिडिया सम्मेलनमा सहभागी हुन गएका मन्त्री बाँस्कोटाले बुद्ध एयरको टिकट समेत लिइसकेको अवस्थामा बुद्ध एयरले छोडेको पत्रकार सम्मेलनमा लगाएका थिए।

तर बुद्ध एयरले मंगलबार नै विज्ञप्तिमार्फत सञ्चारमन्त्रीको आरोपको खण्डन गरेको हो। बुद्धले काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारण ७ बजे उडेर भैरहवामा ७ बजेर ३२ मिनेटमा अवतरण गर्नुपरेको जनाउँदै मन्त्री र उनको टोली सोमबारको उक्त उडानबाट नजाने र भोलि अर्थात् आज मंगलबार मात्रै जाने भनेकाले तुरुन्तै यात्रु भरेर फर्किनुपरेको उल्लेख गरेको छ।उसले विमानस्थलमा यात्रु भरेर उडानको तयारी गरिसक्दा पुनः सहायक प्रमुख जिल्ला अधिकारीले उडान रोक्न भने पनि मौसमी कारणले मन्त्रीलाई कुर्न नसकेको जनाएको छ।

बुद्धका अनसार विमानस्थल नजिकै रहेको भनिएको होटल टाइगर प्यालेसबाट २०/२५ मिनेट लाग्नसक्थ्यो तर त्यति समय कुर्दा मौसमको कारण उडान नै रद्द गर्नुपर्ने अवस्था आउने र ६८ जना यात्रुलाई असुविधा पर्ने भएकाले व्यवस्थापनको निर्णयअनुसार नै काठ माडौं उडान गर्नुपरेको हो।तर मन्त्री बाँस्कोटाले भने बुद्ध एयरले आफूलाई अलपत्र पारेको आरोप लगाएका थिए। पूर्वजानकारीविनै लुम्बिनीजस्तो पर्यटकीय स्थानमा बुद्धले आफूलाई अलपत्र पारेको उनको आरोप थियो।बुद्धले सोमबार राति ८ बजे भैरहवाबाट उडान भरेर ८ः४९ मा काठमाडौंमा अवतरण गरेको थियो।

© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology