मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ललितपुर महानगरपालिकाले मनाउने भयो शताब्दी पुरुषको शताब्दी महोत्सव

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १७, २०७६



  • काठमाडौं । ललितपुर महानगरपालिकाले शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको  जन्मोत्सव मनाउने भएको छ ।

    महानगरले एक वर्षभरि मनाउने भनिएको पहिलो दिन वैशाख ३० गते महानगरअन्तर्गतका सबै कार्यालय बन्द गर्ने घोषणा गरेको छ । महानगरपालिकाले सोमबार काठमाडौंमा एक पत्रकार सम्मलेन गर्दै यसको जानकारी दिएको हो ।

    जोशी वैशाख ३० गते ९९ वर्ष पार गरी सय वर्षमा प्रवेश गर्दैछन्। महानगरका मेयर चिरीबाबु महर्जनले २० लाख रकम छुट्याएर जन्मोत्सव मनाउन लागेको जानकारी दिएका छन् । जोशीको अतुलनीय योगदानले राष्ट्रको कला, संस्कृति र साहित्य क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुगेको भन्दै उनले यस्तो कार्यक्रम गर्ने घोषणा गरेको बताए ।

    यस्ता छन् वर्षैभरि गरिने भनिएका कार्यक्रम :

    • वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको शताब्दी महोत्सवको पहिलो दिन (जन्म दिन)मा उहाँलाई मंगलबजारबाट लगनखेल, जावलाखेल हुँदै सांस्कृतिक जन्मोत्सव र्याली गरि बाजागाजासहित नगरपरिक्रमा गराई महामहिम राष्ट्रपतिज्यूको प्रमुख आतिथ्यमा महानगरपालिका प्रांगण पुल्चोकमा विषेश कार्यक्रम आयोजना गर्ने ।
    • वैशाख ३० गते बिहान रत्तदान कार्यक्रम आयोजना गर्ने ।
    • वैशाख ३० गते साँझ दिपावली कार्यक्रम आयोजना गर्ने ।
    • वैशाख ३० गते नै महानगरपालिका भित्र स्थायी बसोवास गर्ने १०० वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुलाई यथोचित सम्मान गर्ने ।
    • स्थानिय सरकारको अधिकार प्रयोग गरि वैशाख ३० गते नै महानगर अन्तर्गतका सबै कार्यालयहरुमा स्थानिय सार्वजनिक विदा दिने ।
    • नेपाल र भारतको परापूर्व कालदेखिको दौत्य सम्बन्ध रहेको अशोक सम्राटको छोरी चारुमतीबारे र्याली प्रदर्शन गर्ने ।
    • सेतो चैत्य पुस्तक अंग्रेजीमा प्रकाशन गर्ने, चारुमति पुस्तक (उनको कृति) नेपालीमा प्रकाशन गर्ने ।
    • विद्यालयको पाठ्यपुस्तकमा जीवनी समावेश गर्न पहल गर्ने ।
    • उहाँसँग सम्बन्धित पाठ्यसामाग्री वेभ साइटमा राख्ने ।
    • जन्म सताब्दी महोत्सवको सन्दर्भमा लेख, रचना र कार्यक्रमहरुको संकलनका लागि दैनिक पत्रिकामा प्रस्ताव आह्वान गर्ने ।
    • जोशीको तस्बीर अंकित व्यानर सगरमाथामा फहराउने ।
    • उनको तस्बीर अंकित हुलाक टिकट प्रकाशन गर्ने ।
    • जोशीको तस्बीर अंकित चाँदीको मुद्रा निष्काशन गर्ने ।
    • जोशीलाई गोसाईकुण्ड दर्शन गराउने ।
    • उनको दिनचर्या समेटेर अडियो भिडियोको अभिलेख राख्ने ।
    • जोशीको हातबाट पाटन संङ्ग्रालयभित्रको भण्डारखाल बगैचा सिलान्यास गराउने ।
    • जोशीको नाममा पार्क निर्माण गरि उपयुक्त सडकलाई सडकलाई उनको नामबाट नामाकरण गर्ने ।
    • नेपाल आर्ट ग्यालरीमा आर्ट प्रदर्शन गर्ने ।
    • पिम्बहाल पोखरीमा मल्लकालिन संगीत सांस्कृतिक साँझ कार्यक्रम गर्ने ।
    • जोशी प्रतिष्ठान एवम् अध्ययन केन्द्र स्थापना गर्ने ।
    • उनको विशेष स्मारिका पुस्तक प्रकाशन गर्ने ।
    • उनीसँगै उनकी धर्मपत्नीकोसमेत जीवनका भोगाई, अनुभवहरू र वैवाहिक जीवनका बारेमा अडियो भिडियो सामाग्री संकलन गर्ने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij