प्रकाशित मिति : बिहिबार, बैशाख १९, २०७६
सुनसरी । इटहरीमा बसको ठक्करबाट एकजना पैदल यात्रीको ज्यान गएको छ।
आज बिहानै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६३१ नम्बरको बसले इटहरी ५ मा पैदल यात्री इटहरी ८ का ७२ वर्षीया धनबहादुर भण्डारीलाइ ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका भण्डारीको उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij