मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आर्मीले जित्यो कर्णाली प्रीमियरको उपाधि

  • प्रकाशित मिति : शनिबार, बैशाख २१, २०७६



  • काठमाडौँ । सुर्खेतमा जारी वाइवाइ कर्णाली प्रीमियर लीग क्रिकेटको उपाधि विभागीय टिम आर्मी क्लबले कब्जा गरेको छ ।

    शनिबार सुर्खेको कालिञ्चोक मैदानमा भएको फाइनलमा बुटवलको न्यु होराइजनलाई ५९ रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो पटक उपाधि उचालेको हो ।

    उपाधि सहित आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता होराइजनले २ लाखमा प्राप्त गर्यो ।

    १ सय ४६ रनको लक्ष्य पछ्याएको होराइजन १८ ओभर ३ बलमा ८७ रनमा समेटियो । होराइजनका लागि बिशाल सुनारले २६ रन बनाए ।

    निश्चल चौधरीले १९, राहुल प्रजापति १२ तथा सुनिल धमलाले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

    आर्मीका जितेन्द्र मुखिया र शाहब आलमले समान ३–३ विकेट हात पारे ।

    टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाउदै १ सय ४६ रन बनाएको थियो ।

    हरिबहादुर चौहानले ५६ रनको अर्धशतकीय पाली खेल्दा राजु रिजालले ३४ तथा भीम शार्कीले २१ रन बनाए । होराइजनका बिकाश श्रेष्ठले २ विकेट लिए ।

    फाइनल खेलका म्यान अफ द म्याच आर्मीका हरि बहादुर चौहान घोषित भए ।

    लीगको प्लेयर अफ द सीरिज होराइजका कप्तान शक्ति गौचन बने भने उत्कृष्ट ब्याट्सम्यान कर्णाली ११ का कप्तान रविन्द्र जंग शाही भए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij