प्रकाशित मिति : आइतवार, बैशाख २२, २०७६
काभ्रे। बनेपा नगरपालिका–६ रातोमाटेस्थित ज्ञान बहादुर लामाको घरबाट जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई नगद ७३ हजार ८ सय रुपैयाँ, १ बुक तास र १६ थान कौडा सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ।
जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij