मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्राङ्गारिक पदार्थको कमी हुँदा माटोमा अम्लीयपन बढ्दै

  • प्रकाशित मिति : सोमवार, बैशाख २३, २०७६



  • कञ्चनपुर । रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लीयपन अधिक रहेको पाइएको छ। माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो।

    माटोबाट बालीले लिएको भन्दा बढी खाद्यतत्वको आपूर्ति हुन नसक्दा र माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा ह्रास आउन थालेको र यसबाट फलफूल, तरकारी र अन्नबालीको उत्पादनमा वर्षेनी ह्रास आउने गरेको छ।

    माटो बिरुवाको खाद्यतत्वको भण्डार भएकाले माटोमा हुने अम्लीयपनले उर्वराशक्तिमा ह्रास आएको विभिन्न परीक्षणले देखाएको छ। माटोको उर्वराशक्तिमा दिगोपना ल्याउने र बिरुवाको सन्तुलित पोषण प्रक्रिया अपनाउने योजना बनाउनु आवश्यक भएको माटो तथा मल प्रयोगशाला सुन्दरपुरका निमित्त वरिष्ठ माटोविज्ञ प्रकाशकुमार पन्तले बताए।

    प्राङ्गारिक र रासायनिक मलको सन्तुलित प्रयोगबाट मात्र माटोको उर्वराशक्ति र उत्पादन दिगो हुनसक्ने भए पनि यसतर्फ किसानले चासो दिन सकेका छैनन्। “बोटबिरुवाबाट आशातीत फल पाउन उत्पादनका कारकतत्व माटो, मल, जल, बीउबिजन, उन्नत प्रविधि र बाली संरक्षणमा विशेष ध्यान दिनुपर्ने हुन्छ”, माटोविज्ञ पन्तले भने, “बढ्दो जनसङ्ख्याको खाद्यान्नको माग पूरा गर्न सघन बाली प्रणाली अपनाउँदा माटोको उर्वराशक्ति दिगो बनाई राख्न माटो व्यवस्थापन पक्षमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।”

    बिरुवालाई आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम म्याग्नेसियम, सल्फर, नाइट्रोजन र सुक्ष्म तत्वका रुपमा रहेका फलाम, ताँबा, वोरोन, म्याङगानिज, मोलिब्डेनम क्लोरिनजस्ता खाद्यतत्वको आपूर्ति गर्न माटोमा प्राङ्गारिक पदार्थ हुनु आवश्यक रहेको उहाँले बताउनुभयो । माटोको अम्लीयपन हटाउन प्रतिकट्ठा खेतमा ८० किलोदेखि ९० किलो कृषि चुनको प्रयोग गरे माटोको अम्लीयपन हटाई तटस्थमा ल्याउन सकिने उहाँको भनाइ छ ।

    “प्रतिवर्ष माटोमा अम्लीयपन बढ्दै जाने हो भने कृषि उत्पादनमा निकै ह्रास आउने भएकाले किसानले माटो चेकजाँच गराएर मात्र आवश्यकताका आधारमा रासायनिक मलको प्रयोग गर्ने र प्राङ्गारिक मलको प्रयोगलाई व्यापक बनाउनु पर्छ”, उहाँले भन्नुभयो ।

    आव ०५४-५५ देखि ०५८-५९ सम्म प्रयोगशालाले कञ्चनपुरमा माटोको उर्वराशक्तिबारे गरेको अध्ययनका क्रममा लिइएका ५९३ माटोका नमूनामा अम्लीयपन २१६ मा, तटस्थ २१६ मा र क्षारीयपन १६१ मा फेला परेको थियो । यसैगरी, माटोमा प्राङ्गारिक पदार्थ ५३० मा धेरै कम, ५८ मा मध्यम र पाँचमा मात्रै अधिक पाइएको थियो । नाइट्रोजन ४६२ मा कम, १२२ मा मध्यम र नौमा अधिक पाइएकोमा फस्फोरस १२ मा कम, ११८ मा मध्यम र २७२ मा अधिक पाइएको थियो ।

    आव ०६०र६१ देखि ०७४-७५ सम्मका २०५९ माटोका नमूना परीक्षण गर्दा ६१८ मा अम्लीयपन, १३५१ मा तटस्थ, ५४० मा क्षारीयपन पाइएको छ । प्राङ्गारिक पदार्थ १७१९ मा निकै कम, २८५ मा मध्यम, १२ वटामा अधिक पाइएको छ । नाइट्रोजन १४७६ मा कम, ५११ मा मध्यम र ६७ नमूनामा अधिक पाइएको छ । फास्फोरस ५३७ मा कम, ४९० मा मध्यम र ८९२ मा अधिक पाइएको छ । यसैगरी, पोटास ८३६ मा कम, ९३७ मा मध्यम र ३३७ मा अधिक पाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij