मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आज बिहीबार, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् राशिफल …

  • प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६



  • आज मिति २०७६ साल वैशाख २६ गते। इश्वी सन् २०१९ मे ९ तारिख। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। पञ्चमी तिथि बिहीबार।

    मेष

    आज पनि समयले साथ दिनेछ समयको सदुपयोग गर्न पछि नपर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अपरान्ह पछिको समय विस्तारै प्रतिकुल हुनेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । सहयोगी मित्र टाढा हुनेछन् । अरुका कुरालाई धेरै विश्वास नगर्नु होला ।

    वृष

    समय सुधारोन्मुख देखिन्छ तर कामले पूर्ण गति भने समाउने छैन । अपरान्ह पछि समयले थोरै साथ दिनेछ । कार्य लगनशिलता बढ्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । आफन्तबाट सहयोगको आसा धेरै नराख्नु होला । पढाईमा सामान्य सुधार आउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ ।

    मिथुन

    सामान्यतया दिन अनुकुल नै देखिन्छ । विना तयारी कुनै पनि क्षेत्रमा हात नहाल्नु होला । प्रयास र प्रयत्नहरु भने सफल हुनेछन् । गरेका प्राय काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । वित्तिय कारोवार गर्दा सतर्क रहनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।

    कर्कट

    आजको दिन पनि अनुकुल देखिन्न । लगानी बढाउने काम नगर्नु होला । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ ध्यान दिनु होला । यात्रा कष्टपूर्ण हुनेछ । वैदेशिक क्षेत्र कमजोर देखिन्छ । पारिवारिक तनाव बढ्न सक्छ । घरमा बस्न मन लाग्ने छैन ।

    सिंह

    ग्रह गोचर अनुकुल नै देखिन्छ । काम गर्ने जोश जागर घट्ने छैन । काम गर्दै जादा असम्भव देखिएका कुरा सम्भव हुनेछन् । राजनैतिक व्यक्तित्वबाट सहयोग मिल्नेछ । नोकरीमा पदोन्नति हुनसक्छ । नयाँ काम हात लाग्नेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । काममा ढिला सुस्ति भने नगर्नु होला ।

    कन्या

    कसैलाई आश्वासन दिने काम नगर्नु होला आफैलाई घाटा हुनेछ । गरेका ६० प्रतिशत काममा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ प्रयत्न गरेमा मिल्न सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । संचित धनलाई नचलाउनु होला । धन दिने काम पनि नगर्नु होला ।

    तुला

    अस्थिर मन लिएर कहि केहि नगर्नु होला । कामले गति लिने छैन । लगनशिलता बढाउनु होला । रोकिएका काम अगाडि बढ्ने छन् । अविश्वास हटेर जानेछ । कुनै कुराको निर्णय लिनु पूर्व तयारी र अध्ययन गरेर मात्र अगाडि बढ्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ ।

    वृश्चिक

    समय प्रतिकुल देखिन्छ काममा हेलचक्र्याई नगर्नु होला । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । परिश्रमको मुल्य पाईने छैन । लगानी अनुसारको प्रतिफल पाउन गाह्रो हुनेछ । कार्य शिथिलता बढ्ने देखिन्छ । जोखिम मोलेर काम नगर्नु होला । अरुको काममा समय बढि लगानी हुनेछ । दान दिनुपर्ला ।

    धनु

    समयमा गरेका काम सफल हुनेछन् । सहयोग लिएर काम गर्ने वातावरण मिल्ने छैन । अरुको भर धेरै नपर्नु होला । लगनशिल भई गरेका कामबाट लाभान्वित हुनुहुनेछ । लेनदेन कारोवार गर्दा सुरक्षित विधि अप्नाउनु होला । आयत निर्यात व्यापारबाट सामान्य आम्दानी हुनेछ । परिवारबाट टाढा बस्नु पर्ने अवस्था आउन सक्छ ।

    मकर

    मायाँ मोहमा कुनै काम हुने छैन । अरुबाट तपाई माथि आर्थिक चलखेल बढि हुनसक्छ । मुद्धा मामिलामा जीत हुनेछ । दैनिक काम काज अगाडि बढ्नेछन् । नयाँ परिस्थितिको सृजना हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । संघर्षबाट विचलित नहुनुहोला । प्रतिश्पर्धामा सफल हुनुहुनेछ ।

    कुम्भ

    सोचे जस्तो कहि कतै हुने छैन । अन्योलमा परिनेछ । काममा साना साना समस्या आउने छन् । काम गर्ने सहज बातावरण बन्ने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । भय आतुरमा काम नगर्नु होला विग्रिने छन् । विरोधीको सामना गर्नु पर्ला । कार्य गोपनियता अप्नाई काम गर्नु होला ।

    मिन

    विश्वास,आशा र भरोसामा काम गर्नु मिथ्या हुनेछ । घरका समस्या सँग खेल्दा अवसर फुत्किने सम्भावना त्यत्ति कै देखिन्छ । होशियारी नगुमाउनु होला, आफ्नो ठाँउ अरुले लिन सक्छन् । काममा सहजीकरण गरिदिने कोहि हुने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आस्थाका द्वार थोरै खुल्ने छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij