प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा दुखद् घटना सार्बजनिक भएको छ।
वारायणसीको लक्सा क्षेत्रका एक गरीब किसान दीपक गुप्ताले आफ्ना नाबालक तीन छोरा छोरीलाई विष खुवाएर आफुँले पनि आत्माहत्या गरेका छन्। उनले आफुँ निकै गरीब भएको र खान लगाउन समेत अति कठिन भएको भन्दै आत्माहत्या गरेको बताईएको छ।
दीपकले आफ्नी श्रीमती घरमा नभएको मौका पारी ९ वर्षीया छोरी नव्या, ७ वर्षीय अदिति र ५ वर्षीय रियासँगै आफुँले पनि आत्माहत्या गरेका हुन्। दीपकले छोराछोरीसँगै विष खाएर सख्त घाईते भएपछि जानकारी पाएका आफन्तले नजिकै रहेको फौरन अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा चारै जनाको ज्यान गएको छ।
यो घटना तब मात्रै यत्रतत्र भयो जब भारतमा चुनाव आयो । नरेन्द्र मोदीको संसदीय क्षेत्रमा यहि मे १९ तारिखका दिन चुनाव हुँदै छ । नरेन्द्र मोदी यसअघि पनि यहि क्षेत्रबाट विजयी भएर संसद् पुगेका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij