आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चोरीको मोटरसाइकलसहित एक पक्राउ

  • प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६



  • काठमाडौँ । चोरी भएको बा७८प ४८२० नम्बरको मोटरसाइकलसहित प्रहरीले काठमाडौँबाट एक जनालाई आज बिहान पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौँ बसुन्धारा बस्ने दोलखा देउराली गाउँपालिका–८ का २२ वर्षीय मोहनलाल श्रेष्ठ रहेका छन् । उनलाई गोकर्णेश्वरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले तीन जना सवार उक्त मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा दुई जनाले चेकिङमा रहेका प्रहरी कर्मचारीलाई हेल्मेट प्रहार गरी भागेको जनाइएको छ ।

    चालक श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको रहेको खुल्न आएको र फरार दुई जनाको खोजी भइरहेको छ । यता काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ राधाकृष्ण टोलस्थित रीमा राजकोटीको टहरोबाट विभिन्न कम्पनीका ४ थान मोबाइल र नगद २५ हजारसहित रु एक लाख २६ हजार बराबरको धनमाल गए राति चोरी भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij