प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६
काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार ६४ वर्षको उमेरमा बेहुला बनेर बिहे मण्डपमा बसेका छन् । उनकी दुल्हन बनेकी छन् करिब उनकै उमेरकी सीता दाहाल ।
बिहीबार ललितपुरको खुमलटारस्थित दाहाल निवास बिहे घरका रुपमा सजाइएकोमात्र छैन आगनमा पञ्चे बाजा पनि बजेका छन् । जन्तीका रुपमा दाहाल निकटका व्यक्तिहरु र पार्टीका नेता कार्यकताहरु सहभागी छन् । यो हाईप्रफाइल बिहेमा पत्रकारलाई भने मण्डपसँगको पहुँच दिइएको छैन । दाहाल–सीता मण्डपमा बसेको दृष्य नदेखिए पनि आगनमा भएको बिहेको रमाईँलो भने खुमलटारको बातावरण रंगनि बनाएको छ ।
बिहेमा हालसम्म पुग्ने सबैभन्दा ठूला नेता नेकपा प्रदेश कर्णाली प्रदेशका इन्चार्ज पूर्वमन्त्री जनार्दन शर्मा हुन् । अन्य नेताहरु पनि सो बिहे समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।
बिहीबार दाहालले सीतासँग दोस्रो पटक बिहे गरेका हुन् । बिहीबार पुष्पकमल–सीताको पहिलो पटक बिहे भएको ५० औं वर्ष गाँठ हो । यसैलाई अवसर पारेर यो जोडीबीच पुनः बिहे भएको हो । बिहे एक खुशीयालीको अवसर हो। त्यहाँ आउने सबै आगन्तुक खुशीलायी हुन्छन् । तर, बिहीबारको यो बिहे कुनै खुशीयालीका लागि नभई पुत्रवियोगमा विक्षिप्त बनेकी सिताको उपचारका लागि अपनाइएको मनोवैज्ञानिक विधि मात्र हो।
करिब दुई वर्ष पहिला छोरा प्रकाश दाहालको अकस्तामक मृत्यु भएपछि सीता विक्षिप्त छिन् । उनको उपचार अमेरिकामासमेत पुगेर गरिएको छ । तर, पनि उनको स्वास्थ्य अवस्था खराब छ । त्यसैले सीतामा खुशीयाली ल्याउन भन्दै मनोचिकित्सहरुले सुझाएअनुसार उनीहरुको दोस्रो पटक बिहे भएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij