आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लुकासको ह्याट्रिक, टोटेनह्याम फाइनलमा प्रवेश

  • प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६



  • आम्स्टरड्याम । बेलायती फुटबल क्लब टोटेनह्याम हट्सपर युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । इतिहासमा पहिलो पटक फाइनलमा पुगेको टोटेनह्यामलाई फाइनलमा पु¥याउन लुकास मौराले डच टीम अजाक्स विरुद्ध ह्याट्रिक गरेका थिए ।

    सेमिफाइनलको पहिलो लेगमा एक गोलको अग्रता बनाएको अजाक्सले दोस्रो लेगमा पनि शुरुमै दुई गोल गरेर समग्र अग्रता ३–० बनाएको थियो । विजयको नजिक पुगेर फाइनलमा स्थान बनाउनेमा लगभग ढुक्क भइसकेको अजाक्समाथि लुकास तगारो बनेर देखा परेका थिए ।

    जोहान क्रुफ एरेनामा खेलिएको सेमिफाइनलको अतिरिक्त समयको पनि अन्तिममा लुकासले विजयी गोल गरेका थिए । अजाक्सका तर्फबाट माथिस डी लिग्ट र हकिम जियेचले मध्यान्तर अघि एकएक गोल गरेका थिए ।

    अब आगामी जुन १ तारिखमा स्पेनको म्याड्रिडमा टोटेनह्याम र लिभरपुलबीच फाइनल खेल हुनेछ । लिभरपुलले मङ्गलबार राति खेलिएको निकै प्रतिस्पर्धात्मक खेलमा लियोनेल मेस्सीको बार्सिलोना क्लबलाई ४ गोलले पराजित गरी फाइनलमा प्रवेश गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij