मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विद्युत् पुगेपछि स्थानीयवासी खुशी

  • प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६



  • राजविराज । सप्तरीको अतिविकट मानिएको डाक्नेश्वरी नगरपालिकाको औरही गाउँमा करीब ३०० घरमा बिजुली पुगेको छ ।

    डाक्नेश्वरी नगरपालिका–६ औरहीका ३०० घरमा अहिले विद्युत् जडान भएर बिजुली बलेपछि स्थानीयवासी खुशी भएको सोही ठाउँका मिरदुल यादवले बताए । सो क्षेत्रमा विद्युत् नभएपछि मोबाइल चार्ज, कुटानी, पिसानी गर्न अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । विद्युत् सञ्चालन नभएका कारण यहाँका अधिकांश व्यक्ति भारतीय गाउँमा गएर मोवाईल चार्ज, कुटानी पिसानी गर्ने गर्थे ।

    साबिकको औरही गाविस–१, २, ३ र हाल डाक्नेश्वरी नगरपालिका–६ मा तत्कालीन गाविसले करीब रु पाँच लाख बजेट छुट्याएर पोल गाडेका थिए । अहिले बिजुली सञ्चालन भएपछि भारतीय गाउँमा गएर चार्ज, कुटानी, पिसानी गर्ने परम्परा हटेको सोही ठाउँका नरेश यादवले बताए ।

    औरहीमा विगत तीन वर्षदेखि विद्युत्को पोल गाडे पनि विद्युत सञ्चालन भएको थिएन । बिजुली सञ्चालन गरेपछि स्थानीयवासी खुशी भएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij