मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

डढेलोबाट वन क्षेत्र सखाप

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६



  • कञ्चनपुर। कञ्चनपुरमा डढेलाका कारण ८०० हेक्टर वन क्षेत्रमा नोक्सानी भएको छ । चुरे क्षेत्रका वन क्षेत्रमा डढेलोका कारण अधिक क्षति पुगेको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार हालसम्म भीमदत्त नगरपालिकाको ब्रह्मदेव, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र लालझाडी क्षेत्रका वनमा डढेलो लाग्दा पुनः उत्पादन भएका बिरुवा, चराचुरुङ्गी, संरक्षित जनावरको बास नासिएको छ।

    लामो समयसम्म वर्षा नहुँदा वन क्षेत्रमा रहेका झाडी, रुखका सुकेका पातमा आगो सल्किँदा बढी डढेलोको प्रकोप खेप्नुपरेको डिभिजन वन कार्यालय कञ्चनपुरका डढेलो नियन्त्रणको कार्यमा संलग्न रेञ्जर शिवराज अवस्थीले बताए।

    डढेलोका कारण सबैभन्दा बढी लालझाडी गाउँपालिकाको रतसेमा सुकेका सय बढी रुखको टुप्पोसम्म आगो लाग्दा निभाउनका लागि दमकलको प्रयोग गरे पनि नियन्त्रण गर्न नसकिएको उनले बताए।

    हावाहुरीका कारण सुकेका एक रुखको टुप्पोबाट अर्को रुखको टुप्पोमा आगो सल्किँदा निभाउन गाह्रो भएपछि १७ वटा रुख ढालेर नियन्त्रण गर्नुप¥यो रेञ्जर अवस्थीले भने, “दुई÷तीन दिनको प्रयासपछि डढेलो नियन्त्रणमा आएको छ।”

    ढालेका रुख सवडिभिजन वन कार्यालयको मातहतमा रहने गरी घाटगद्दीमा राखिएको उनको भनाइ छ। डढेलोबाट बेदकोट नगरपालिका–३ मा रहेको सामुदायिक वनमा टिम्बर कर्पोरेसनले घाटगद्दीमा राखेको काठ र दाउरा जलेर नोक्सानी भएको छ। सुक्खायाम लम्बिँदा डढेलोका घटना बढेका हुन्।

    डढेलो नियन्त्रणका लागि नेपाली सेना, डढेलो नियन्त्रण दलले सघाउ पुर्याउँदै आएका छन्। डढेलो नियन्त्रणका लागि नेपाली सेनाले पनि साथ दिएको डिभिजन वन कार्यालयका रेञ्जर अवस्थीले भने, “डढेलो लागेको खबर आएपछि नेपाली सेनालाई गुर्हाछौँ । जुनसुकै बेला पनि आएर नियन्त्रणमा सघाउ पुर्याउने गरेका छन्।”

    वन कार्यालयले रु दुई लाख खर्चेर फायर प्रुफ ज्याकेट (जम्प सुट), स्वाटर, रेक वे, ब्याग प्याक, मास्क, पञ्जा, हेल्मेटको व्यवस्था गरी छ वटा डढेलो नियन्त्रण गर्ने टोलीलाई तालीमसहित डढेलो लागेका क्षेत्रमा परिचालन भएका छन्। टोलीको सक्रियताका कारण डढेलो लागेको धेरै वन क्षेत्र जोगाउन सकिएको रेञ्जर अवस्थीले बताए।

    डढेलो नियन्त्रणमा सक्रिय शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महरा डढेलोका कारण चुरे क्षेत्रमा व्यापक क्षति पुगेको बताउँछन्। उनका अनुसार ढलापडा रुख समयमै सङ्कलन गर्न नसक्दा धेरै रुख जलेर करोडौँको नोक्सानी भएको छ।

    “वन क्षेत्रमा संरक्षित जनावरको बासस्थान डढेलोले गर्दा नासिएपछि जनावर बस्ती क्षेत्रमा पुग्न थालेका छन्”, उनले भने, “जनावर र मानवीय द्वन्द्व बढ्न थालेपछि जनावर मारिने सम्भावना बढेर गएको छ ।” विकट चुरे क्षेत्रमा पुग्नै मुश्किल, पुग्न सके पनि हावाहुरी कारण डढेलो नियन्त्रण गर्न निकै गाह्रो हुने गरेको उनको भनाइ छ। चोरी शिकारीले शिकार गर्नेक्रममा, गाईबस्तु चराउने गोठाला, वन क्षेत्र अतिक्रमण गर्ने र माहुरीको मह खोज्नेले वन क्षेत्रमा आगो लगाउँदा डढेलोको प्रकोप निम्तिने गरेको छ।

    वन छेउ छाउका बासिन्दालाई वन क्षेत्रमा डढेलो लाग्नअगावै अपनाउनु पर्ने सावधानीका बारेसमेत सचेतना गर्ने कार्य, वन क्षेत्रमा डढेलो लाग्ने कार्यबाट बचाउन चुरोट, बिँडीका ठुटा खाएर नफाल्ने, लाइटर र सलाइको प्रयोग नगर्न सर्वसाधारणलाई एफएम रेडियो, पत्रपत्रिका र पर्चा पम्पलेटमार्फत सन्देश पु¥याउने कार्य गरिएको छ।

    डिभिजन वन कार्यालयका अनुसार गत वर्ष एक हजार २०० हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । यस वर्षको अहिलेसम्म ८०० हेक्टर वन क्षेत्र डढेलोको चपेटामा परेको छ । यसैगरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको वर्कोला र पूर्वी सेक्टर क्षेत्रमा डढेलो लाग्दा चराचुरुङ्गीको बासस्थान, पुनःउत्पादन भएका बिरुवा, बोट बुट्यानमा क्षति पुगेको छ। एक अध्ययनअनुसार वन क्षेत्रमा प्राकृतिक कारणले चार, मानवीय कारणले ६४ र भवितव्यबाट ३२ प्रतिशत डढेलो लाग्ने गरेको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij