मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

डडेल्धुरा अस्पतालः नाम परिवर्तन भयो सेवा भएन

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६



  • अमरगढी । सरकारले सुदूरपश्चिम प्रदेशको मध्यविन्दुमा अवस्थित डडेल्धुरा अस्पताललाई गत फागुनमा सङ्घ मातहत राखे पनि भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्नेतर्फ भने ध्यान दिएको छैन । विसं २०७० मा टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरालाई गाभेर डडेलधुरा अस्पताललाई ‘उपक्षेत्रीय डडेल्धुरा अस्पताल’(पुरानो नाम) बनाइएको थियो ।

    अस्पतालमा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एक जना मात्रै कार्यरत रहेका अस्पतालका निमित्त प्रमुख डा जीतेन्द्र कँडेलले बताउनुभयो । हाल अस्पतालमा मेडिकल अफिसरसहित १३ स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालमा ३० स्टाफ नर्सको दरबन्दी भए पनि अहिले चार जनामात्रै कार्यरत छन् । “अस्पतालमा अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अभाव छ”, कँडेलले भने । कुनै समय सुदूरपश्चिम क्षेत्रमा राम्रै पहिचान बनाएको डडेल्धुरा अस्पतालले हाल दिँदैआएको सेवा सुविधा सन्तोषजनक नभएको स्थानीयवासी बताउँछन् ।

    सङ्घ मातहत राखिए पनि त्यसअनुसार जनशक्ति र भौतिक पूर्वाधारमा सरकारले ध्यान नदिँदा उपचार सेवा प्रभावकारी हुन सकेको छैन । “कहिले प्रदेश त कहिले सङ्घीय सरकार मातहत राखिएको प्रचार भयो”, डा कँडेलले भने, “तर अस्पतालमा सेवासुविधा र गुणस्तर सुधार गर्नेतर्फ भने कसैले ध्यान दिएका छैनन् ।” रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij