आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘नेपाल्स स्टार मोडल २०१९’को आवेदन खुल्ला

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६



  • काठमाडौं । ‘नेपाल्स स्टार मोडल’को चौथो सिजन शुरु भएको छ । आयोजक सिद्दि मिडियाले विज्ञप्ती जारी गर्दै ‘नेपाल्स स्टार मोडल २०१९’को आवेदन खुल्ला भएको जनाएको छ ।

    देशभरका १६ देखि ४० बर्षसम्मका बिवाहित, अबिवाहित महिला तथा पुरुषले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा विद्यार्थी, गृहणी, घरायसी, कामकाजी, शिक्षिक कर्मचारी ब्यवसायीलगायत हर तहतप्काका पुरुष र महिलाहरुले भाग लिन पाउने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको पहिलो अडिसन यहि बैशाख २८ गते काठमाडौंमा आयोजना हँुदैछ । प्रतियोगिताको छनौट चरणको अडिसनबाट छानिएका प्रतियोगिले मात्र अन्तिम स्पर्धाका लागि एक महिनासम्म विशेष प्रशिक्षणमा सहभागी हुन सक्नेछन् ।

    प्रशिक्षणका क्रममा उनीहरुलाई ट्रेनर, सेलिब्रेटी र चर्चित मोडल लगायत प्रशिक्षकबाट सञ्चार कला, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि लगायत बिभिन्न विषयमा प्रशिक्षण दिनेछन् ।

    प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पासहित बिभिन्न गतिविधिमा समेत सहभागी गराइने जानकारी सिद्दि मिडिया प्रालिका अध्यक्ष अमित शाहले गराए । महिला तथा पुरुषले आफ्नो व्यक्तित्व विकास गर्दै समाजमा आफ्नो महत्वपूर्ण स्थान बनाउन प्रतियोगिता लाभदलायक सिद्ध हुने शाहको विश्वास रहेको छ ।

    प्रतियोगितामा सहभागिताका लागि सिद्दि मिडियाको कार्यलय तथा फेसबुक पेजबाट पनि आवेदन भर्न सकिनेछ । प्रतियोगिताका शीर्ष बिजेताले ३० हजार नगद सहित बिभिन्न उपहार र फष्टअप रनर र सेकेन्डअप रनरले क्रमश २० र १० हजार नगद सहित बिभिन्न उपहार जित्न सक्ने आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij