मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

श्रीमान्‌काे बिहेमा श्रीमती जन्ती

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६



  • रौतहट — श्रीमान्‌काे विवाहमा श्रीमती जन्ती । सुन्दा नै अपत्यारिलो लाग्ने घटना तर सिन्धुपाल्चोक मेलम्चीका वीरबहादुर स्याङताङले त्यस्तै गरेका छन् । उनले श्रीमतीलाई दिदी र नाबलक छोरालाई भान्जा बनाई जन्ती लगेका रहेछन् ।
    विहेका लागि केटीको घर पुगेका बेला स्थानियलाई शंका लागेर बेहुलासंग केरकार गर्दा रहस्य खुलेको हो । घटनापछि केटीले बिहिबार ईलाका प्रहरी चन्द्रनिगाहपुरमा बहुविवाहको निवेदन दिएकी छन् ।

    सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ घर भएका ३५ बषिर्य स्याङतानको घरमा श्रीमति, दुई छोरी र एक छोरा छन् । उनी लामो समय बिदेशमा थिए । ४ बर्ष अघि रोजगारीका लागी साउदी अरब गएको बेला चन्द्रपुर-१ बागमतिका ३२ बषिर्या एक महिलासंग उनको फेसबुक मार्फत मायापि्रति बस्यो । प्रेमालाप बाक्लिदै दुवैले विहे गर्ने निर्णय गरे ।

    स्याङतानले घरमा आफ्नो श्रीमति र सन्तानहरूका बारेका कुरो लुकाएका थिए । विहेको निर्णय भएपछि उनी हस्याङ-फस्याङ गर्दै तीन महिना अघि बिदा लिएर नेपाल आएका थिए । प्रेमीकाबारे घर परिवारलाई जानकारी दिन उनलाई झण्डै एक महिना लाग्यो । श्रीमतिले के भन्ला भन्ने ठुलो त्रास थियो, उनको मनमा । श्रीमती सन्जुलाईआफ्नो प्रेम सम्बन्धबारे एक दिन चर्चा गरे । ‘केही बेर उनी अक्मकिन्, प्रतिवाद गरिन्,’ सन्जुले भनिन्, ‘श्रीमानको अगाडी मेरो केही चलेन । दोश्रो बिबाह गर्न अनुमित दिएँ ।’

    घरको श्रीमति राजी भए पछि स्याङतान खुशी भए । अनि गत सोमबार २३ गते बिहेको मिति तय भयो । सामान्य बिबाह गर्ने दुबै पक्ष राजी भए । विवाहका लागी स्याङतान बा २० च २१७४ नम्बरको बोलेरो जिप लिएर श्रीमति, नाबालक छोरा, भान्जी र दिदिलाई साथै लिएर जन्तीको रुपमा रौतहट आए । उनले श्रीमतिलाई दिदि र नाबालक छोरालाई भान्जाको साईनो दिएका थिए ।

    केटीको घरमा उनी घरीघरी आफ्नै श्रीमतिलाई दिदि र छोरालाई भान्जाबाबु भनेर बोलाउथे । केटीको घरमा छिमेकीलाई भोज समेत खुवाईएको थियो । केटा पक्षले चाडै बिबाहको बिधि सम्पन्न गर्न दबाब दिएका थिए । भान्जा बनाईएको छोराले भोज खाईसके पछि बुवा भनेर बोलाए पछि पोल खुलेको थियो । त्यस पछि स्थानियले पक्रेर कोठामा थुनेका थिए ।

    केटीको घरमा जग्गेसम्म बनाइसकिएको थियो । बिहेमा परिबारका सदस्य बाहेक अन्य कसैको उपस्थिति नभएपछि स्याङतान शंकाको घेरमा परेका थिए । बोलेरो जिप रिजर्भ गरि अाएका उनलाई केटीको घर पुगेपछि त्यही छाडेर भागेका थिए ।

    सोमबारको दिन बिहे तय भएकोमा स्याङतान मंगलबार, एक दिन ढिला आए । बाटोमा जिप बिगि्रएको भनेर ढाटे । ‘त्यसै बेला देखी उनको गतिबिधि शंकास्पद लाग्यो,’ केटीका एक नातोदार भन्छन, ‘यो त केटी ओसार पसार गर्ने मान्छे जस्तो लाग्यो ।’
    बेहुला भनिएका स्याङतान समान्य पोशाकमा थिए ।

    श्रीमानको बिबाहमा श्रीमति र छोरा जन्ती आएको सम्भवत यो पहिलो घट्ना भएको स्थानिय गोपाल घिमिरेले सुनाए । ‘यो त अचम्मको घट्ना हो,’उनले भने,’बठ्याइ गर्नेको पनि हद हुन्छ । यो त अति भयो । यस्तालाई कानुनी रुपमा सजायको भागीदार बनाउनु पर्छ ।’ स्याङतानलाई अर्को बिबाह गराउन दिदि, भान्जी साथै आएका थिए । घट्ना लगत्तै प्रहरीलाई खबर गरिएको थियो । बेहुली बन्न लागेकी महिलाले आफू ठुलो घट्नाबाट जोगिएको बताईन् ।

    ‘मलाई झुक्याएर बिबाह गर्ने योजना बनाईएको रहेछ,’उनले भनिन, ‘समयमै थाहा पाएँ । सिन्दुर हालेको भए बर्बाद हुन्थे ।’ केटीको सिन्धुलीमा समेत घर छ । उनी त्यहाँ नीजि श्रोतमा शिक्षिकाको रुपम कार्यरत छिन् । घट्ना लगत्तै ईलाका प्रहरीले स्याङतानलाई नियन्त्रणमा लिएको छ । महिलाले बहु विवाहको कसुरमा कारबाहीको लागी प्रहरीमा जाहेरी दिइएकी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij