आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज शनिबार, कस्तो छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल …

  • प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६



  • आज मिति २०७६ साल वैशाख २८ गते। इश्वी सन् २०१९ मे ११ तारिख। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। सप्तमी तिथि शनिबार ।

    मेष

    सानो हेलचक्र्याईले ठुलो दुःख पाईनेछ । आकस्मिक खर्च वृद्धिले कार्य क्षेत्रमा असर पु-याउनेछ । व्यवहारिक सहयोग गर्ने कोहि हुने छैनन । अरुको काम गरेर जश मिल्ने छैन । पारिवारिक समस्या बढ्नेछन् । काममा अवरोध आउने देखिन्छ । व्यापारबाट आम्दानी घट्नेछ । आफन्तबाट विश्वासघात हुन सक्छ । धन सम्पति चोरी हुनसक्छ ।

    वृष

    समयले साथ दिनेछ । आफ्नै बाहुबलबाट अधिकाँश काम सम्पादन हुनेछन् । अरुको बोलीको विश्वासमा केहि नगर्नु होला पछि धोका दिन सक्छन् । रोकिएका अधिकाँश काम सम्पन्न हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । मुद्धा मामिलामा जीत हुनेछ । राजनीति तथा नोकरीमा कम सफलता मिल्नेछ ।

    मिथुन

    अरु सँग धेरै घुलमिल नगर्नु होला,तपाईको कमजोरीको फाइदा अरुले उठाउने छन् । आफ्नै ज्ञान,बुद्धि र शिपको प्रयोग गरेर काम गर्नु होला । समयको महत्व बुझ्न सकिएन भने धेरै अवसर गुमाउनु पर्नेछ, ध्यान दिनुहोला । आर्थिक कारोवारमा नियन्त्रण गर्नु पर्र्ने देखिन्छ । प्रयत्नहरु सफल हुनेछ । शब्द नफुत्काउनु होला घाटा हुनेछ ।

    कर्कट

    दृष्ढ निश्चयका साथ काममा लाग्नुहोला । खर्चमा नियन्त्रण आउनेछ । महिलाका कारण काममा अप्ठ्यारो पर्न सक्छ चनाखो रहनुहोला । लगनशिल भई गरेका काम सफल हुनेछन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । स्वतन्त्रण प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । झमेलाबाट मुक्ति भने मिल्ने छैन ।

    सिंह

    महत्वकाँक्षी योजना अगाडि नबढाउनु होला क्षति धेरै बेहोर्नु पर्नेछ । घमण्डले आफैलाई घाटा हुनेछ । सहयोग गर्ने कोहि हुने छैन,मिठा र चिल्ला कुराको पछि नदौडिनु होला दुःख पाईनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । नोकरी तथा राजनीतिमा असफलता मिल्नेछ । आम्दानीको तुलनामा खर्च बढि हुनेछ ।

    कन्या

    आश्वासनका भरमा मात्रै काम नगर्नु होला । मान्यजनको आशिर्वाद लिएर काम गर्नु होला । आफुमा भएको ज्ञान र शिपको सदुपयोग गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । आकस्मिक धन हात पर्ने योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आर्जनलाई वचत गर्न गाह्रो हुनसक्छ । राजनैतिक चासो लिएर कुनै फाइदा छैन ।

    तुला

    समस्याबाट टाढा नभागि काम गर्नु होला सफल हुनुहुनेछ । हतारमा गरेका निर्णय गलत हुनेहुदा सोच विचार अगाडि बढ्नु होला । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुनेछ । तपाईलाई सहयोग गर्ने भन्दा सहयोग माग्ने बढि हुनेछन् ।

    वृश्चिक

    काममा देखिएका समस्या कम हुनेछन् । भाग्यले थोरै साथ दिदा केहि सहजता महशुस हुनेछ । आफ्नो काम छोडेर अरुको कामतिर नलाग्नु होला आफैलाई घाटा हुनेछ । शैक्षिक गतिविधि अगाडि बढ्ने छन् । पारिवारिक खर्च नियन्त्रण गरेर काम गर्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ ।

    धनु

    सचेत भएर अगाडि बढ्नु होला कुनै पनि समस्या काबु भन्दा बहिर जाने सम्भावना धेरै देखिन्छ । मानसिक तनाव बढ्नेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक संरचनालाई नचलाउनु होला गडबढ हुनसक्छ । अरुको कुरा सुनेर काम गर्नु भयो अथवा लगानी गर्नु भयो भने डुब्नु हुनेछ ।

    मकर

    विवादित काममा हात नहाल्नु होला । उधारो छोडेर नगदमा काम गर्नु होला नत्र पछि समस्या पर्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । साझेदारी काम त्यति सफल देखिन्न । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोमा केहि काम हुनेछन् । वैदेशिक काममा थोरै सफलता मिल्नेछ ।

    कुम्भ

    काममा शत्रुको बक्रदृष्टि पर्नेछ सचेत भएर आगाडि बढ्नु होला । सवैलाई आफ्नो ठानेर काम गर्ने अवस्था रहने छैन । संघर्ष विना कहि कतै केहि हुने छैन । मेहनतको अन्तिम परिणाम भने सुखद रहनेछ । मुद्धा मामिला जीत हुनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । नयाँ कामको अभ्यास हुनेछ ।

    मिन

    तयारी विनाको काम अधुरा यात्रा हुनेछ । लाभ लिनलाई लगनशिलता बढाउनु पर्नेछ । दुविधामा परेर कुनै काम नगर्नु होला । बाह्य कुरामा बढि ध्यान नदिनु होला पछि परिनेछ । शैक्षिक र न्याय मार्ग कमजोर देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । सहयोग गर्ने मन भएका कमै भेटिने छन् । कुटनैतिक विधि अप्नाएर काम गर्नु होला ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij