मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यो साता कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् साप्ताहिक राशिफल …

  • प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६



  • मेष

    परिस्थितिले मन मिल्ने व्यक्तिसँग भेटघाट गराउनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । जीवनशैलीमा परिवर्तन ल्याउन थप मेहनतको खाँचो छ । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसर हात पार्न सकिनेछ । रमाइलो जमघटमा सहभागी हुने अवसर प्राप्त होला । मन खिन्न रहे पनि सप्ताहन्तमा पुनः उत्साह जाग्नेछ ।

    वृष

    आर्थिक अभावले छट्पटिँदा बोलीको मधुरताले उक्त संकट परास्त गर्न सकिनेछ । पहिलेदेखिको योजना कार्यान्वनयमा ढिलाइ गर्नाले पछि परिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक मत मिल्नेछ । सवारी साधन चलाउँदा होस पुर्‍याउनुहोला ।

    मिथुन

    ईष्या गर्नेहरूलाई पुरुषार्थी काम गरेर देखाउन सकिनेछ । अप्ठ्यारो परिस्थितिसँग सम्झैता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्‍याउनेछ । दिगो फाइदा हुने काम वा नोकरी प्राप्त हुनेछ । खर्च भए पनि फाइदाजनक काममा लगानी गर्ने अवसर जुट्नेछ ।

    कर्कट

    लामो तथा छोटो दूरीको यात्रामा समय खर्चनुपर्नेछ । घरेलु काममा अलमलिँदा महत्वपूर्ण कार्य ओझेलमा पर्न सक्छ । अनुभव नभएको व्यवसायमा ठूलो लगानी गर्दा नोक्सान हुन सक्छ । साताको अन्त्यमा शुभ तथा मांगलिक कार्यमा धन खर्च हुन सक्छ ।

    सिंह

    पारिवारका ज्येष्ठ सदस्यहरूको सुझावबाट समस्या पहिचान गरी त्यसको समाधान खोज्न सकिनेछ । मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । जतिसुकै सहयोग गरे पनि आफन्तहरूले तपाईंको आलोचना गर्न छाडेका छैनन । जोडी नम्बरको सवारी साधन तथा रातो रंगको पहिरनले यात्रा सहज बनाउने देखिन्छ ।

    कन्या

    टाढा रहेका साथीहरूसँग बिग्रिएको सम्बन्ध पुनः स्थापित हुनेछ । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धिसँगै वैदेशिक रोजगारीको अवसर जुर्नेछ । सामाजिक तथा परोपकारी कार्यमा रुचि जाग्नेछ । बहुमूल्य धातु तथा विलासिताका साधन खरिद गर्दा होसियारी अपनाउनुपर्नेछ । सरोकारका विषयमा सपरिवार संलग्न भइनेछ ।

    तुला

    आलोचना गर्नेहरूले स–साना त्रुटि औंल्याइदिँदा आफू अझ उचाइमा पुगिनेछ । भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरले बनिसकेको काममा दुविधा उत्पन्न गराउन सक्छ । सूर्यको आराधनाले भयमुक्त हुन सहयोग पुर्‍याउनेछ । बाहिरी खानपान एवं भोजभतेरमा संयम अपनाउनुपर्नेछ ।

    वृश्चिक

    विपक्षीहरू प्रतिष्ठामा ठोस पुर्‍याउन गुप्त रूपमा सलबलाउनेछन् । अभिभावकहरूले दिएको सुझाव मनन गरी चल्न सके आफैंलाई फाइदा हुनेछ । केही समय रोकिएर धैर्यपूर्वक गरिएका कार्यले उचाइमा पुर्‍याउनेछ । हतारले दुर्घटना निम्तिन सक्छ, विवेक पुर्‍याउनुहोला ।

    धनु

    लामो समयदेखि रोकिएको कामको गाँठो स्वतः फुक्नेछ । रचनात्मक कामले हितैषीहरूको मनमा प्रभाव पार्नेछ । विपरीत लिंगीले प्रेम प्रस्ताव राख्ने सम्भावना छ, निर्णय गर्न ढिलो नगर्नुहोला । पहेंलो रंगलाई प्राथमिकता दिए मनमा उत्साह सञ्चार हुन सक्छ ।

    मकर

    ठूलाबडाको संगतले भविष्यमा आइलाग्ने समस्या पहिचान गर्न सकिनेछ । सरकारी तथा निजी क्षेत्रमा पुनः प्रयत्न गरे अवसर हात लाग्न सक्छ। व्यवसायमा गरिएको लगानीले पिरोल्ने सम्भावना छ । साताको अन्त्यमा यात्रामा हुने भेटघाटले उन्नतिको मार्ग पहिल्याउन सहज बनाउनेछ।

    कुम्भ

    प्रतिकूल अवस्थामा अरूको मुख ताक्दा पछि परिएला । नयाँ काममा लगानी गर्दा अभिभावकहरूको सुझाव तथा सहयोगको आवश्यकता पर्नेछ। चियोचर्चा गर्नेहरूरसँग सावधान रहनुहोला । प्रेमी–प्रेमिकासँगको सम्बन्ध निराशामा परिणत हुने सम्भावना छ । साताको अन्त्यमा स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ।

    मीन

    आफ्नो सफलतालाई अझ माथि लान मन मिल्ने साथीभाइको सुझाव आत्मसात् गर्नुहोला । स्वदेश तथा विदेशका विविध क्षेत्रमा अरूको मन जित्न सकिनेछ । प्रेमी–प्रेमिकाबाट आफूले अपेक्षा गरेभन्दा बढी सहयोग पाइनेछ । सुनौलो रंगलाई पछ्याउँदा अपेक्षा गरेभन्दा छिटो सफलता हात पर्नेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij