मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दार्चुलाकी यी अबोध बालिकालाई आफ्नै मातापिताले जिउँदै आगो लगाएर मारे

  • प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६



  • दार्चुला । श्रीमान–श्रीमतीबीच झगडा हुँदा दार्चुलामा एक दाम्पतीले १० महिने छोरीको जलाएर हत्या गरेका छन् । छोरीको हत्या आरोपमा जिल्लाको व्याँस गाउँपालिका–५ चुकपानीका बुबा नवीन बिष्ट र आमा शिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    बिहीबार राति करिब साढे ११ बजे उनीहरू सामान्य विवाद भएको थियो । श्रीमतीसँगको विवादपछि आवेगमा नवीनले छोरीलाई खरको कुन्युमा राखी आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकृत प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।

    घटनापछि भाग्न लागेका उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरी चौकी धौलाकोटबाट गएको अमिर रावलको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । ‘श्रीमतीले उनको दिदीलाई सुन दिएको विषयमा विवाद हुँदा घटना भयो’ नवीनले स्वीकार्दै भने । नवीनलाई अपराध संहिताअनुसार कारवाही हुने र शिलालाई कसुर हेरी कारवाहीका लागि सिफारिस गर्ने प्रहरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij