मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गाउँपालिका अध्यक्षले किनिदिए आफ्नै तलबबाट विद्यार्थीलाई झोला

  • प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६



  • जाजरकोट : जिल्लाको कुशे गाउँपालिकाका अध्यक्षले आफनो तलब स्कुले विद्यार्थीको किताब बोक्ने झोला किन्न खर्च गरेका छन्। अध्यक्ष हरिचन्द्र बस्नेतले तीन महिनाको तलब ९१ हजार ५०० रुपैयाँले १५९ विद्यार्थीलाई झोला किनिदिएका हुन्।

    कुशे गाउँपालिका वडा नम्वर ७ समकोटस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत १५९ विपन्न परिवारका विद्यार्थीलाई उनले झोला वितरण गरेका हुन्। अध्यक्ष बस्नेतले विद्यालयको वार्षिकोत्सवका अवसरमा १५९ विद्यार्थी र १० शिक्षकलाई स्कुलको नाम लेखेर तयार पारिएका झोला हस्तान्तरण गरे।

    गरिवी, भौगोलिक विकता र सामाजिक रुपले पछि परेका कुशे गाउँपालिकाका बालबालिकाको पढाइ किताब बोक्ने झोला सहयोग गरेको उनले बताए।

    अध्यक्ष बस्नेतको सहयोगले विपन्न विद्यार्थीलाई राहत भएको विद्यालयका प्रधानाध्यापक रामबहादुर शाहीले बताए। ‘टाढाटाढाबाट हिँडेर आउने विद्यार्थीलाई झोला नभएर किताब जोगाउन समस्या थियो’, धेरै सहयोग मिलेको छ’, शाहीले भने। विद्यालयमा कक्षा ६ मा पढ्ने लालबहादुर सिंहले भने- ‘पहिले हातमा किताब बोकेर स्कुल आउँथे। अब झोलामा किताब बोकेर आउँछु।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij