मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विराटनगरमा अस्पताल स्थापना

  • प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६



  • विराटनगर । सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि विराटनगर–१४ मा दिव्यज्योति अस्पतालको स्थापना गरिएको छ ।

    न्यूनतम शुल्कमा दक्ष जनशक्तिद्वारा उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापित अस्पतालले मोरङ जिल्लासहित सीमावर्ती भारतीय शहरका बिरामीले सहज उपचार पाउने विश्वास लिइएको छ ।

    सङ्घीय सांसद शिवकुमार मण्डलले अस्पतालको उद्घाटन गर्दै विश्वको नवीनतम् प्रविधिको प्रयोग गरी समयसापेक्ष सेवा बिरामीलाई दिनुपर्नेमा जोड दिए । उनले वर्तमान सरकारले शिक्षा र स्वास्थ्यको दायित्व लिने बताउँदै विद्यार्थीले विदेश अध्ययन गर्न जाँदा रकम कमाउने उद्देश्यले नभइ त्यहाँको प्रविधि ल्याउनमा विशेष ध्यान दिन आग्रह गरे ।

    प्रदेशसभा सदस्य जयराम यादवले अस्पतालले बिरामीलाई ठगी हिसाबले हैन सेवा भावले राम्रो कम शुल्कमा सहजरुपमा उपचार सेवा दिनुपर्नेमा जोड दिए । डा एनएन झा, विराटनगर– १४ का अध्यक्ष बलदेव यादवलगायतले अस्पताल स्थापनाले यस क्षेत्रका जनतालाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे ।

    नवस्थापित अस्पतालले दक्ष चिकित्सकद्वारा २४ घण्टे आपत्कालीन सेवा, दैनिक बहिरिङ, स्त्री रोग तथा प्रसूति, नवजात शिशु तथा बाल रोग, आँखा जाँच तथा शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, मिर्गौला प्रोस्टेट, मूत्ररोगसम्बन्धी, नाक, कान, घाँटी, दाँत, मुखसम्बन्धी, इसिजी, डिजिटल एक्से, अल्ट्रसाउण्ड, स्वचालित ल्याब फार्मेसीलगायतका सेवा उपलब्ध गराउने सञ्चालक पुष्पविक्रम बस्तेलले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij