मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पर्यटकीय आकर्षण बढाउन सिमसार संरक्षण

  • प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६



  • इलाम, वैशाख २९ । इलामको सन्दकपुरका बासिन्दा सिमसार संरक्षणमा जुटेका छन् । सन्दकपुर गाउँपालिका–५ जमुनाका बासिन्दा जैविक विविधता जोगाउँदै पर्यटकीय आकर्षण बढाउने उद्देश्यले सिमसार संरक्षणमा जुटेका हुन् ।

    ५५ रोपनी क्षेत्रफलको सिमखेतलाई ढापपोखरीमा परिणत गरेर उनीहरुले डुंगा सञ्चालनमा ल्याएका छन् । यो पोखरीमा व्यावसायिक माछापालन गरेर ‘फिसिङ’समेत सञ्चालन गरिएको छ । यसले पर्यटकलाई आकर्षित गरेको छ ।

    ढापपोखरीबाट ३ किलोमिटर माथिको हाँगेथाममा पनि सुकेका पोखरी संरक्षण गरिनुका साथै विभिन्न पूर्वाधार निर्माण गरिएको छ । इलाम सदरमुकामबाट २२ किलोमिटर उत्तरको जमुना भारतको दार्जिलिङ सिमावर्ती भएकाले पनि पर्यटकीय गन्तव्यका रुपमा विकास भए धेरै पर्यटक आउने स्थानीयको अपेक्षा छ ।

    जमुनामा ढापपोखरीसहित हाँगेथाम, चोयाटार, जौवारीलगायत जैविक, धार्मिक र पर्यटकीय महत्वका स्थल छन् । स्थानीय प्रयासमा पोखरीको संरक्षण र विस्तार भएपछि त्यस क्षेत्रमा बर्सेनि पर्यटकको आगमनसमेत बढेको छ । पोखरीको विस्तारसँगै पोखरीदेखि तलका वस्तीमा पानीको मूल फुटेकाले अहिले त्यहाँका स्थानीयले नियमित पिउने पानीको सुविधासमेत पाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij