मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सुनसरीमा बाढी पीडितका लागि नमूना बस्ती शिलान्यास

  • प्रकाशित मिति : सोमवार, बैशाख ३०, २०७६



  • काठमाडौँ । सुनसरीको रामधुनी नगरपालिका–८ मा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले नमूना बस्ती निर्माण गर्ने भएको छ। प्याब्सन केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरीसहितको नमूना बस्ती निर्माण गर्न लागेको हो।

    रामधुनी नगरपालिकाले उपलब्ध गराएको करीब एक बिघा क्षेत्रफलमा सुविधा सम्पन्न बस्ती निर्माण गर्न लागेको प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाले बताए। बाढी पीडित र विपन्न समुदायलाई लक्षित गरी तयार पार्न पारिएको बस्तीका प्रत्येक घर दुई कोठे हुनेछन्।

    शौचालय र खानेपानीको उचित प्रबन्धसहितको बन्दोबस्ती मिलाइने नमूना बस्तीमा चिल्ड्रेन पार्कको समेत व्यवस्था गरिने अध्यक्ष कोइरालाले बताए।

    बढीमा छ महीनाभित्र निर्माण कार्य सम्पन्न गरी सम्बन्धित परिवारलाई घर हस्तान्तरण गर्ने लक्ष्य लिएको प्याब्सनले नमूना बस्ती निर्माणको अनुमानित लागत रु एक करोड ५० लाखको हाराहारीमा रहने जनाइएको छ।

    बस्ती निर्माणको शिलान्यासका लागि सङ्घीय सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका साथै कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी र १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे रामधुनी पुगेका थिए।

    कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरी, प्याब्सन प्रदेश १ का अध्यक्ष युवराज वशिष्ठसहित केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बराह क्षेत्र नगरपालिका प्रमुख निलम खनाल, रामधुनी नगरपालिका प्रमुख जयप्रकाश चौधरी, नेकपाका सुनसरी अध्यक्ष योगेन्द्र मण्डल९पपु०, वडाध्यक्ष रुद्र बस्नेतलगायतको सहभागिता रहेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij