मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्रदूषण न्यूनीकरणको अनुभव आदानप्रदान

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६



  • काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र संयुक्त राज्य अमेरिकाको समुद्र तथा अन्तर्राष्ट्रिय वातावरण तथा वैज्ञानिक मामिला कार्यालयका मुख्य उपसहायक सचिव मार्किया बर्नियाबीच आज प्रदूषण न्यूनीकरणका विषयमा छलफल भएको छ ।

    छलफलमा अमेरिकामा प्रदूषण न्यूनीकरणका लागि अवलम्बन गरिएको अनुभव मुख्य उपसहायक सचिव मार्किया बर्नियाले सुनाएका थिए भने मन्त्री बस्नेतले नेपालमा प्रदूषण न्यूनीकरणका लागि बन्दै गरेका नियम, कानूनका विषयका साथै प्रयासका विषयमा जानकारी गराएका थिए ।

    दुवै देशको अनुभव आदानप्रदान गरी प्रदूषण न्यूनीकरणका लागि हातेमालो गर्दै अगाडि बढ्ने विषयमा समेत छलफल भएको मन्त्री बस्नेतले बताएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij