मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सिसाखानीमा पानीको सङ्कट

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६



  • बागलुङ । हिउँद लाग्यो कि बडिगाड गाउँपालिका–३ सिसाखानीवासीलाई पिरलो थपिन्छ । खोनेपानीको जोहोे कसरी गर्ने ? एक गाग्री पानीको पालो कुर्दा बिहानको समय बित्छ । बस्ती डाँडामा छ । नजीकमा पानीको मुहान छैन ।

    भएका सामूहिक धारा गाउँको तल छन् । तिनमा पनि बिहान र बेलुका छोटो समय पानी खस्छ । गृहिणीहरु डोकोमा गाग्री बोकेर धारामा धाउँछन् । घण्टौँ कुरेर खोनेपानीको जोहो गर्छन् । कष्ट व्यहोर्दै घर फर्कन्छन् । सिसाखानीमा खानेपानीको सङ्कट आजको भने होइन । वर्षौँदेखि गाउँलेले खानेपानीको समस्या झेल्दै आएको स्थानीयवासी शेरबहादुर श्रीसले बताए । “पानी अभाव हुँदा खाना पकाउनदेखि शौचालय जानसम्मलाई समस्या छ”, उनले भने ।

    खानेपानीको समस्याले वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीलगायत सार्वजनिकस्थल पनि प्रभावित छन् । माइन गाउँ, किम्ले, घोरलचिरे, भुसखाने डाँडा गुहेश्वरी र माझ गाउँमा खानेपानीको बढी समस्या छ । यही वर्ष सडक सञ्जाल पुगेको सिसाखानीमा अहिले मुख्य समस्याका रुपमा खानेपानी छ । “सडक आयो, अब हामीलाई खानेपानीको सुविधा चाहिएको छ,” स्थानीय सीता श्रीसले भनिन् । खानेपानी अभावले गृहिणीको दैनिकी बढी कष्टकर बनेको उनको भनाइ छ ।

    खानेपानी नहुँदा शिक्षक, विद्यार्थीले घरबाटै पिउने पानी लिएर आउनुपर्ने बाध्यता रहेको सिसाखानी माविका प्रधानध्यापक होमबहादुर घर्तीले बताए । उनका अनुसार पानी अभावमा विद्यालय परिसर र शौचालयको सरसफाइमा पनि समस्या निम्तने गरेको छ । वर्षामा खानेपानीको समस्या केही कम हुने गरे पनि सुख्खायाममा बढी अभाव झेल्नु परेको छ । सिसाखानीको अर्को दुर्गम बस्ती स्याहालामा पनि खानेपानीको चरम समस्या छ ।

    खानेपानीको समस्या समाधानका लागि सङ्घीय र प्रदेश सरकारले बजेटमा सम्बोधन गर्नुपर्ने वडाध्यक्ष खड्ग पुनले बताए । “सानो आयोजनाले गाउँभरिको माग धान्दैन”, उनले भने, “ठूलो बजेटको आयोजना चाहिन्छ ।” गाउँपालिका र प्रदेश सरकारको सहयोगमा खोलाको पानी बस्तीमा पु¥याउन ‘लिफ्ट’ प्रविधिको आयोजना शुरु गरिएको उनको भनाइ छ । आगामी वर्ष सञ्चालनमा आउने उक्त आयोजनाले पनि सबै ठाउँमा खानेपानीको सुविधा नपुग्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij