मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा गम्भीर हुन आवश्यक’

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३, २०७६



  • काठमाडौं, जेठ ३ । राष्ट्रिय मानवअधिकार आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ऐन २०७४ मा केही सुधार भएपनि पूर्ण भने नभएको बताएका छन् ।

    शुक्रबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले २०७२ वैशाख १२ गतेको भूकम्पमा आफूले धेरै समस्याहरु औंल्याएको भन्दै ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा गम्भीर हुन आवश्यक छ’–भने ।

    कार्यक्रममा आयोगका सदस्य सुदीप पाठकले सम्बन्धित निकायका पदाधिकारीमा विपद्का समयमा छिटो निर्णय लिनसक्ने क्षमता हुनु आवश्यक रहेको बताए ।

    आयोगले प्रत्येक कार्यालयमा अनिवार्यरुपमा आधारभूत तालिमप्राप्त विपद् जोखिम न्यूनीकरण समिति रहने व्यवस्था गर्न सुझाव दिएको छ ।

    यस्तै, तत्कालको राहत, बस्तीयोग्य जमिन पहिचान गरेर बस्ती बसाउने, विपद् प्रभावितले आफ्नो समस्याको उजुरी दिने र सम्बोधन हुनेलगायतका व्यवस्था ऐनमा समेट्न आवश्यक रहेको बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij