मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

श्रीमानले टुप्पी राखेपछि श्रीमतीले दिइन् डिभोर्स, श्रीमानले भने–‘बरू डिभोर्स दिन्छु’

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ४, २०७६



  • काठमाडौं। ब्राह्मण समुदायमा टुप्पीको छुट्टै महत्व हुन्छ । पछिल्लो समय टुप्पी राख्ने प्रचलन हराउँदै गए पनि केही ब्राह्मणहरु भने टुप्पी राख्छन् । यस्तै टुप्पी राख्ने एक ब्राह्मण युवकको लागि त्यही टुप्पी समस्याको कारण बनेको छ । टुप्पीकै कारण उनको वैवाहिक जीवन समाप्त हुन लागेको छ । उनकी श्रीमतीले श्रीमानले टुप्पी राखेको भन्दै अदालतमा डिभोर्सको निवेदन दिएकी छिन् । श्रीमतीले टुप्पी राख्दा श्रीमान पाखे देखिएको दावी गरेकी छिन् । उनले आफ्ना माइतीले श्रीमानको खिल्ली उडाउने गरेको र आफू अपमानित हुनुपरेको बताएकी छिन् ।

    अर्कोतर्फ श्रीमान भने टुप्पी काट्न तयार छैनन् । उनले टुप्पी राख्ने भाकल गरेको भन्दै टुप्पी उनको मृत्युपर्यन्त नकाटिने बताएका छन् । श्रीमानले आफू डिभोर्स दिन तयार रहेको तर टुप्पी नकाट्ने अडान लिएका छन् । भारतको भोपालको पारिवारिक अदालतमा परेको यो मुद्दालाई अहिले काउन्सिलिङमा राखिएको भारतीइ दैनिक भास्करले लेखेको छ । भोपालको अरेरा कोलोनी निवासी एक महिलाले विवाहको ३ वर्षपछि डिभोर्सको निवेदन दिएको बताइएको छ । काउन्सिलिङको क्रममा उनीहरुबीच विवादको कारण टुप्पी भएको थाहा भएको थियो ।

    श्रीमतीले टुप्पी राखेर श्रीमान पाखे देखिएको र आफ्नो स्तरको नभएको बताएकी छिन् । ती श्रीमान सिभिल इन्जिनियर हुन् र श्रमितीले एमबीए पास गरेकी छिन् । काउन्सिलर सरिता राजानीका अनुसार यी दुईको विवाह २ फेब्रुअरी २०१६ मा भएको थियो । विवाहपछि सम्बन्ध सामान्य नै थियो । विवाहको २ वर्षपछि गतवर्ष युवकका मातापिताको सडक दुर्घटनामा ज्यान गयो । काजक्रिया गर्दा उनले टुप्पी राखे । तर, पछि कपाल काट्दा पनि श्रीमानले टुप्पी नकाटेपछि महिलाले उनलाई टुप्पी काट्न दबाब दिन थालिन् । तर, श्रीमानले उनको कुरा नमानेपछि झगडा सुरु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij