मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

फ्राइडे रिलिज : दुई बर्षामध्ये कसले मार्लान् बाजी ?

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ४, २०७६



  • काठमाडौं । शुक्रबार नेपाली सिनेमा घरहरुमा दुई घरेलु चलचित्र ‘जात्रै जात्रा’ र ‘बीर बिक्रम २’ प्रदर्शनमा आएका छन्। ठूला ब्यानरका यी दुवै चलचित्र एकैसाथ प्रदर्शनमा आउनुले पनि चलचित्र क्षेत्र निकै तातेको छ। दुई चलचित्र निकै आशा गरिएका चलचित्र हुन्।

    दुवै चलचित्र सफल चलचित्रका सिक्वेल भएकाले पनि यी चलचित्रमार्फत दर्शकले निकै आशा गरेका छन्। तर यी चलचित्रले चलचित्र जगत नै तात्नुको पछाडि एउटा अर्को कारण पनि छ। त्यो हो दुई बर्षा। एक बर्षा राउत जो ‘जात्रै जात्रा’ कि नायिका हुन् भने अर्की बर्षा सिवाकोटी जो ‘वीर बिक्रम २’ की नायिका हुन्।

    यी दुई अभिनित चलचित्र एकैसाथ प्रदर्शनमा आउनुले पनि दुईमध्ये कसले बाजी मार्ला भन्ने प्रश्न चलचित्रकर्मीको चासोको विषय बनेको छ। चलचित्र ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’मा पैसा र सुनको कथालाई उतारिएको छ । चलचित्रलाई प्रदीप भट्टराइले निर्देशन गरेका हुन्। यस चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

    त्यस्तै शुक्रबारबाटै प्रदर्शनमा आएको अर्को चलचित्र ‘वीर बिक्रम २’मा प्रेम र मित्रताको कथालाई देखाइएको छ। यस चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् भने चलचित्रमा पल शाह, नाजिर हुसेन, बर्षा सिवाकोटी, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij