मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कक्षा संयोजक र सह-संयोजक चयनका लागि विद्यालयमा निर्वाचन

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ५, २०७६



  • काठमाडौं । विद्यालयहरुले मतदाता शिक्षा सहित निर्वाचन प्रणालीको जानकारी दिने उद्देश्य साथ कक्षा संयोजक र सह संयोजक चयनका लागि निर्वाचन गराउन थालेका छन्।

    राजधानी काठमाडौँको एक स्कुलले आईतबार कक्षा तथा विषयगत संयोजक, संह संयोजक चयनका लागि विद्यालय परिसरमा नै राष्ट्रिय निर्वाचन जस्तै निर्वाचन गरेको छ।

    छात्रा र छात्रका लागि छुट्टाछुट्टै लाईन, निर्वाचन अधिकृतको कार्यालय, मतदाताको नामावली रुजु गर्ने निर्वाचन अधिकारीहरु, मतपेटिका, गोप्य मतदान गर्ने स्थानलगायतको संरचना र तयारी राष्ट्रिय निर्वाचनकै जस्तै थिए।

    निर्वाचन अधिकृत पनि विद्यार्थी, मतदाता पनि विद्यार्थी, अनि निर्वाचनको पर्यवेक्षण गरि प्रतिवेदन तयार पार्ने पनि विद्यार्थी । विभिन्न समुहमा विभाजित भएर विद्यार्थीले निर्वाचनका लागि गर्नुपर्ने सबै भूमिका निर्वाह गरिरहेका देखिन्थे।

    थापाथलिस्थित भिएस निकेतनका विद्यार्थीहरु निर्वाचनमा भाग लिईरहेका थिए। उम्मेदवार विद्यार्थीले तत्कालका लागि कक्षा संयोजक, अतिरिक्त क्रियाकलाव संयोजक वा क्लब संयोजकको उम्मेदवारी भएपनि यसले सिकाएको ज्ञानले भविष्यमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    निर्वाचनमा कक्षा ५ देखि ९ सम्मका ५० विद्यार्थीले विभिन्न पदमा उम्मेदवारी दिएका थिए। छात्रा र छात्र तर्फबाट स्कुलका सहसंयोजक १÷१ जना, ४ वटा क्लबका संयोजक र सहसंयोजक तथा कक्षागत संयोजक, सहसंयोजक लगायत अतिरिक्त क्रियाकलापका विभिन्न ५० पदमा छात्रा÷छात्र निर्वाचित हुनेछन्।

    स्कुलकी प्रिन्सिपल गीता चौधरीले निर्वाचन प्रणालीबाट विषयगत संयोजक चयन गर्दा प्रजातान्त्रिक हुने र यस क्रममा अबलम्बन गरेका प्रक्रियाले विद्यार्थीमा निर्वाचन प्रणालीको शिक्षा पनि दिने भएकाले निर्वाचन गरिएको बताए।

    विद्यार्थीलाई निर्वाचन र मतदानको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले राष्ट्रिय निर्वाचनको जस्तै गरि एकसाताको निर्वाचन कार्यतालिका सार्वजनिक गरि सब प्रक्रिया पुरा गरिएको स्कुलका संयोजक विनोद पोख्रेलले जानकारी दिए।

    आईतबारको मतदानका लागि अघिल्लो आईतबारदेखि नै विद्यार्थीहरु निर्वाचन प्रक्रियामा सहभागी भएका थिए। समर्थक र प्रस्तावक सहित उम्मेदवार, दाबी विरोध, प्रचारप्रसार र मतदानको कार्यक्रममा सहभागी हँुदा विद्यार्थीहरु दंग थिए।

    निर्वाचन प्रक्रियाबाट कुनै पनि पदमा चयन हुँदा विद्यार्थीले निर्वाचन शिक्षाको व्यवहारिक ज्ञान पाउनुको साथै स्वच्छ प्रतिष्पर्धा प्रणालीको पनि अभ्यास हुने विश्वास स्कुलले लिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij