मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

लाखबत्ती बाल्दै एनटिसी मिस नेवाः १३३९ का प्रतिस्पर्धी

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ५, २०७६



  • काठमाडौं । १४ औं संस्करणको ‘एनटिसी मिस नेवाः–११३९’ को प्रशिक्षण प्रारम्भ भएको छ। प्रशिक्षणको पहिलो दिन प्रतियोगिताका सहभागिहरुले लाखबत्ती बालेका छन्।

    नेप्लिज फेसन होमले आयोजना गर्न लागेको नेवार समुदायका युवतीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता ‘एनटिसी मिस नेवाः ११३९’ का प्रतिस्पर्धिहरु लाखबत्ती बाल्दै प्रशिक्षणमा सहभागि भएका हुन्।

    ललितपुरको महालक्ष्मीस्थान मन्दिरमा प्रतियोगिताका प्रतिस्पर्धिहरुले पूजाआजापछि सामुहिक रुपमा लाखबत्ती बालेका हुन्। प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक आदि जिल्लाका २० युवतीहरुले सहभागिता जनाएका छन्।

    नेवार समुदायका युवतीहरुको व्यक्तित्व विकासको साथै नेवारी संस्कारको महत्वको बारेमा ज्ञान दिन आयोजना गर्न लागिएको यो प्रतियोगिताका प्रतियोगीहरु शनिवारदेखि तीन साता लामो प्रशिक्षणमा सक्रिय भएका छन्। यो प्रतियोगिताले अहिलेको पुस्ताका प्रतिस्पर्धिहरुलाई नेवार भाषादेखि संस्कृति सिकाउन ठुलो मद्दत पु‍र्याउने आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताएकी छिन्।

    छनोट भएका प्रतिस्पधीहरूको मनोविज्ञानको विकास गर्नका लागि राजधानी बाहिर केही जिल्लाको स्थलगत भ्रमण, नेवारहरूको जातीय पहिचान, संस्कृति र परम्पराको जगेर्ना तथा भाषा उत्थानलगायत विभिन्न विषयमा प्रशिक्षण दिइरहेको छ। प्रशिक्षणकै क्रममा प्रतिस्पर्धिहरुले नेवारी खाना बनाउने छन् भने आ–आफ्नो प्रतिभा प्रस्तुत गर्न ट्यालेन्ट शोमा पनि सहभागि हुने छन्।

    रोजिन शाक्यद्वारा कोरियोग्राफी गरिने यो प्रतियोगिताको ग्राण्ड फिनाले जेठ ३२ शनिवार कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ। प्रतियोगिहरुलाई पूर्व मिस नेवाःसुनिता ढंगोलले नेवारी भाषा प्रशिक्षण दिने छिन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij